FLASH NEWS
  • Loading...

कोरोना संक्रमित खोज्न बेनी र दरवाङका घरघरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ५४ पटक पढिएको
कोरोना संक्रमित खोज्न बेनी र दरवाङका घरघरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन

कोरोना संक्रमणको जोखिम बढेपछि म्याग्दीको सदरमुकाम बेनी र जिल्लाको दोस्रो सदरमुकाम मानिएको दरवाङ वजारमा  कोरोना संक्रमित खोजी अभियान थालिएको छ ।

बेनीमा बेनी नगरपालिका ७ र ८ वडाको अगुवाई र दरवाङमा मालिका गाउँपालिका, ६ वडा कार्यालयको अगुवाईमा कोरोना संक्रमितको खोजी तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालना अनुगमन गर्न थालिएको हो । मालिका गापा, ६ दरवाङमा शनिवारदेखी र बेनीबजारमा आईतवार विहान देखी अभियान सुरु भएको हो ।

कतिपय संक्रमित स्वास्थ्यकर्मीको पहुँच भन्दा बाहिर रहेको हुन सक्ने भएकाले स्वास्थ्यकर्मीको टोलीले घरघरमा पुगेर नागरिकको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिन अभियानको थालनी गरिएको मेयर हरिकुमार श्रेष्ठले बताए ।

बेनी नगरपालिका,डिसिसिएमसी र स्वास्थ्य कार्यालय सहितको टोलीले घरघरमा पुगेर कोरोना संक्रमितको खोजी, चेतनामुलक सन्देश प्रवाह अभियान थालनी गरिएको हो । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल सहित स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिने,जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न सपथ खुबाउने गरेको छ ।

बजार क्षेत्रमा केही संक्रमितको कन्ट्याक् ट्रेसिङमा परेका ब्यक्तिहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको र समुदायमा संक्रमित छिपेर बसेको आशंका बढेपछि घनावस्ती रहेका बेनी र दरवाङमा आशंकित संक्रमित र सिजनेवल फ्युको पहिचान गर्न अभियान थालिएको हो ।