- Loading...
दरवाङमा कोरोना संक्रमित शव ब्यवस्थापन गर्न समिति गठन

- पुनहिल डट कम
- ५ साल अघि
- २२८ पटक पढिएको
म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र समेत रहेको ६ नम्बर वडा दरवाङमा कोरोना संक्रमित भै मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापन गर्न समिति गठन गरिएको छ ।
कोरोना भाईरसको संक्रमण समुदायमा फैलिएको र यो नियन्त्रण बाहिर पुग्न थालेको ठहर गर्दै स्थानीय सरकारहरु आईसोलेसन निर्माण तथा शव ब्यवस्थापन समेतका कोरोना ब्यवस्थापन तर्फ अग्रसर हुन थालेका हुन ।
शनिवार गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालु समेतको उपस्थितीमा सर्व पक्ष्यि भेलाले वडाध्यक्ष सन्तनाथ सुवेदीको संयोजकत्वमा ११ सदस्यीय कोरोना संक्रमणबाट मृत्यु हुने ब्यक्तिको शव ब्यवस्थापन समिति गठन भएको हो ।
त्यसैविच भेलाले ६ नम्बर वडाभित्र कोरोनाबाट मृत्यु भएको ब्यक्तिको शवलाई सोही वडाको छ्यारछ्यारेको पहिरो मुनी म्याग्दी नदी किनारामा ब्यवस्थापन गर्ने पनि निर्णय गरेको छ ।
‘हिजोको जस्तो अव कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न सम्भव भएन । अव केन्द्रदेखी स्थानीय सरकार सवै कोरोनासँग स्वास्थ्य सावधानी अपनाउँदै लड्ने र यसबाट उत्पन्न हुनसक्ने परिस्थितीको ब्यवस्थापन तर्फ समयमै सोच्नु पर्ने बेला आएको छ’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन, ‘मालिका गाउँपालिका पनि अव कोरोनाको नियन्त्रणसँगै समुदायमा संक्रमण फैलिएपछि उत्पन्न हुने परिस्थतीको आकलन गरी आईसोलेसन बनाउने र शव ब्यवस्थापन समेतको पूर्वतयारीमा लागेको छ ।’
कोरोना भाईरसको संक्रमण समुदायमा फैलिएको र भविश्यमा भयावह परिस्थितीको आंकलन गर्दै मालिका गापा, ६ दरवाङले कोरोना संक्रमितको मृत्युपछिको शव ब्यवस्थापन समेतको तयारीमा लागेको हो । वडाको दरवाङ वजारमा हालै कोरोना संक्रमति पुष्टी भएपछि कात्तिक २८ गतेसम्मकालागी लकडाउन गरिएको छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


































