FLASH NEWS
  • Loading...

प्रचण्डले बोलाएको सचिवालय बैठक औपचारिक कि नऔपचारिक ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २७५ पटक पढिएको
प्रचण्डले बोलाएको सचिवालय बैठक औपचारिक कि नऔपचारिक ?

फाइल फाेटाे।

सत्ताधारी दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच तनाव बढेका बेला प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन्।

शुक्रबार दिउँसो तीनबजे पार्टी कार्यलय धुम्बाराहीमा प्रचण्डले सचिवालयका सदस्यलाई बोलाएका हुन्। यो बैठक अनौपचारिक भएको बताइएको छ। शुक्रबार विहान प्रचण्डलाई भेट्न खुमलाटार पुगेका संसदीय दलका उपनेता सुवास नेम्वाङसँग प्रचण्डले आफूले सचिवालयका सदस्यहरुसँग छलफल गर्न अनौपचारिक बैठक बोलाएको जानकारी गराएका थिए।

प्रचण्डले सचिवालय सदस्यहरुसँगको छलफल पछि प्रधानमन्त्रीसँग छलफल गर्ने पनि नेम्वाङलाई जानकारी गराएका थिए। बिहीबार ओली र प्रचण्डबीच भएको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए। तर ओलीले बैठकको औचित्य नभएको भन्दै बैठक बोलाउन अस्वीकार गरका थिए।

प्रचण्डले बोलाएको सचिवालय बैठकमा ओली पक्षधर सचिवलय सदस्यहरु भने नजाने बताइएको छ। नेकपाको विधान अनुसार पार्टीको कुनै पनि कमिटीको बैठक दुई अध्यक्षबीचको सहमतिबाट मात्रै बोलाउन सकिनेछ। प्रचण्डले बोलाएको बैठकमा ओलीको सहमति नभएका कारण यो बैठकलाई अनौपचारिक भनिएको एक नेताले बताए।

९ सदस्यीय नेकपा सचिवालयका सदस्य मध्ये अरु काे काे बैठकमा सहभागी हाेलान् भन्ने चासाेकाे विषय बनेकाे छ। नाै जना मध्ये ५ जना प्रचण्ड माधव नेपाल समूहमा खुलेरै लागेका छन्।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गाैतम एकातिर छन्। उनीहरु सबै जना प्रचण्डले बाेलाएकाे बैठकमा सहभागी हुने बताइएकाे छ। इश्वर पाेखरेल, रामबहादुर वादल र विष्णु पाैडेल बैठमा उपस्थित हुन्छन् हुन्नन् भन्ने काैतुहल बनेकाे छ।

शुक्रबार नेम्वाङले प्रचण्डलाई तपाइँले प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार जान्न भनेको हो र? भनेर सोधका थिए। जवाफमा प्रचण्डले आफूले त्यस्तो नभएको बरु आजै सचिवालय सदस्यहरुसँगको छलफल पनि प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार जाने बताएका थिए।

नेम्वाङसँग भेटे लगत्तै नेकपा वरिष्ठ नेता माधव नेपाल प्रचण्डलाई भेट्न खुमलाटार पुगेका थिए। पछिल्लो समय नेकपाभित्र कर्णाली विवाद, भारतीय खुफिया एजेन्सी रअ प्रमुखको नेपाल भ्रमणलगायतका विषयले विवाद उत्कर्षमा पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल