FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीसँग सामूहिक भेटघाट गर्ने धुम्बाराही भेलाको निष्कर्ष

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५० पटक पढिएको
प्रधानमन्त्रीसँग सामूहिक भेटघाट गर्ने धुम्बाराही भेलाको निष्कर्ष

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक भेटघाट गरी बैठक बोलाउन माग गर्ने निष्कर्ष निकालेकाे छ।

गृहमन्त्री रामबहादुर थापासहित ओली पक्षधर अनुपस्थित बहुमत सचिवालयको भेलाले प्रधानमन्त्री ओलीसँग सामूहिक भेटघाट गरी सचिवालय बैठक बोलाउन माग गर्ने निर्णय गरेको हाे।

“सचिवालयलगायत पार्टी कमिटी बैठक बोलाउनका लागि प्रधानमन्त्रीसँग सामूहिक रुपमा भेटघाट गरी छलफल गर्ने निष्कर्ष निकालेका छौं,” बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग भने। उनका अनुसार प्रधानमन्त्री ओलीसँग समय लिएर सामूहिक भेटघाट गरिने छ।

कार्यकारी अध्यक्ष प्रचण्डले केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाएको सचिवालय सदस्यको भेलामा बिहीबार प्रधानमन्त्री ओलीसँग भएको भेटघाटको बिफ्रिङ तथा आगामी रणनीतिका बारेमा छलफल भएको थियो। dekhapadhi.com