FLASH NEWS
  • Loading...

पर्वतको जलजलामा १२ जना कोरोना संक्रमित थपिए

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२० पटक पढिएको
पर्वतको जलजलामा १२ जना कोरोना संक्रमित थपिए

पर्वतको जलजला गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचारकेन्द्र पोखरामा गरिएको परिक्षणका क्रममा बिहीबार १२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार संक्रमित हुनेमा १० जना पुरुष र २ जना महिला छन । जलजला गाउँपालिका वडा नं ३ का ३५ र ५४ बर्षिया महिला रहेका छन भने ६६, ७३, ३८, ५७,७४,३२,३८,२८ बर्षिय पुरुष र वडा नं ७ का २८ बर्षिय पुरुष रहेका छन । उनीहरु सबै संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा क्रममा पहिचान भएका हुन । संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी, ३ जना बैंकका कर्मचारी र अन्य सर्वसाधरण तथा ब्यबसायीहरु रहेका छन । बैंकका कर्मचारी मध्ये दुई जना एनआइसी एयिा बैंक र एक ना सांग्रिला बिकास बैंकका कर्मचारी रहेको जलजला गाउँपालिकाले जनाएको छ ।सबैलाई आइसोलेसनमा राख्ने तयारी भैरहेको छ । जलजला गाउँपालिकामा यस अघि २७ जनामा संक्रमण पुष्टि भएको थियो । यो संगै संक्रमितको संख्या ३९ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कुस्मा नगरपालिका १० का १ जना २२ बर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ भने वडा नं ७ का ५१ बर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।