FLASH NEWS
  • Loading...

बेनीका ११ सहित म्याग्दीमा १६ जना कोराना संक्रमित थपिए

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ६३ पटक पढिएको
बेनीका ११ सहित म्याग्दीमा १६ जना कोराना संक्रमित थपिए

कोरोना संक्रममितको सम्पर्कमा पुगेका बेनीका ११ जना समेत म्याग्दीका १६ जनामा संक्रमित थपिएका छन । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा लिएको स्वाव पोखरामा परिक्षण गर्दा बेनी बजारमा मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कन्ट्याकट्रेसिङमा रेहका नेकपाका जिल्ला सचिव हरीकृष्ण श्रेष्ठले आफु समेत परिवारका सदस्यहरुमा कोरोना पोजेटिभ देखिएकोले पछिल्ला केही दिनदेखी सम्पर्कमा आएका सवैले सावधानी अपनाउन सामाजिक सन्जाल फेसवुकबाट आग्रह गरेका छन । सचिव श्रेष्ठले स्टाटसमा लेखेका छन, ‘रिपोर्ट पोजेटिभ आएपनी हामी सवैमा कोरोनाको कुनै लक्षण छैन ।’

गत विहिवार मात्रै बेनीमा एकजनाको कोरोना संक्रमणका कारण ज्यान गएको थियो । मृतकको सम्पर्कमा रहेकाहरुको सोमबार कन्ट्रयाक्ट ट्रेसिङ गरिएको थियो । कोरोना संक्रमित हुनेमा एक जनप्रतिनिधी समेत बेनी क्याम्पसचोक, कुहुं, दरवाङ, वावियाचौर समेतका छन ।