FLASH NEWS
  • Loading...

बाग्लुङ पनि एक हप्ता लकडाउन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २६४ पटक पढिएको
बाग्लुङ पनि एक हप्ता लकडाउन

उद्योग वाणिज्य संघको अनुरोध र बाग्लुङ नगरपालिकाको शिफारिसमा जिल्ला प्रशासन कार्यालयले बाग्लुङ नगरपालिकाको बाग्लुङ्ग वजार क्षेत्रमा एक हप्ता लकडाउन घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्वदलिया/पक्षिय बैठकले म्याग्दीको बेनी नगरपालिका तथा पर्वतको कुस्मा नगरपालिकाबाट अनुभव सिको गर्दै राती १२ बजेदेखि कात्तिक २४ गतेसम्म बागलुङ नगरपालिकाको मुख्य बजार क्षेत्रमा लकडाउन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायी, जनप्रतिनिधि समेतको बैठकले बन्दाबन्दी गराउन निर्णय गरेको हो । यो बन्दाबन्दीमा अत्यावस्यक बाहेकका सबै पसल, व्यवसाय, शैक्षिक संस्था, सवारी साधन समेत बन्द गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रसाशकीय अधिकृत धिरेन्द्रराज पन्तले बताए ।
आइतवार बागलुङ उद्योग बाणिज्य संघले अनुरोध गरेपछि बागलुङ नगरपालिकाले पनि प्रशासनमा बन्दबन्दी गराउन सिफारिस गरेको थियो । सिफारिस अनुसार बानपा वडा नं. १, २, ३ र ४ को क्षेत्रमा लकडाउन लागु हुने छ । लकडाउनको समयमा एम्बुलेन्स, अत्यावस्यक सामाग्री ढुवानी, दूध र फलफूलका सवारीलाई चल्न दिइनेछ ।

त्यस्तै प्रेस पास भएका सवारी र औषधिजन्य बस्तुको ढुवानीपनि चल्नेछन् । बजार क्षेत्रमा अधिकांस पसल बन्द रहनेछन् । दैनिक उपभोग्य बस्तु खरिदकालागि बिहान ७ देखि ९ बजेको समय तोकिएको छ । यो समयमा सबैले सामान खरिद गरिसक्नुपर्नेछ । दशैपछि बागलुङ बजार भित्र व्यवसायी लगायत समुदाय तहमा कोरोना संकमण देखिएपछि लकडाउन गराउनुपर्ने माग बढेको हो ।