FLASH NEWS
  • Loading...

बेनीमा आईतवार थपिए ५ जना कोरोना संक्रमित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ५४ पटक पढिएको
बेनीमा आईतवार थपिए ५ जना कोरोना संक्रमित

म्याग्दीमा आईतवार साँझ थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संख्यामा म्याग्दीबाट पोखरा, काठमाण्डौ गै पिसिआर गरेका ब्यक्तिहरुको तथ्याङ्क संलग्न छैन ।
स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले आईतवार साँझ जारी गरेको सुचना अनुसार आज बेनी नगरपालिका, ८ घर भै बेनी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी, बेनी नगरपालिका, ७ बेनीका ७८ र ४४ बर्षिया महिला र ५६ बर्षिय पुरुष, तथा रघुगंगा गाउँपालिका, २ घर भै बेनीमा ब्यवसाय गर्दै आएका ३४ बषिय पुरुष समेत ५ जनामा कोरोना पुष्टी भएको छ ।
त्यस्तै शनिवार पनि बेनीका ७८ पुरुष समेत म्याग्दीका ६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमित अधिकांश कन्ट्याक ट्रेसिङमा परेका र केही लक्षण सहितका छन ।