FLASH NEWS
  • Loading...

सौर्य लिफ्ट खानेपानी योजना बगेपछि…..

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८६ पटक पढिएको
सौर्य लिफ्ट खानेपानी योजना बगेपछि…..

बर्खाको जरेमुल सुक्दै गएको र प्रयोगमा रहेको योजना पहिरोले बगाएपछि मालिका गाउँपालिका, ७ विमका पहिरो पीडितलाई खानेपानीको समस्या हुन थालेको छ ।
सौर्य प्रविधीको लिफ्ट सिस्टमको खानेपानी योजनाको मुहान र मुख्य पाईपलाईन गत असार २६ गते आएको भिषण पहिरोले बगाएपछि मालिका गापा, ७ विमको नौरु, तल्लोगाउँ र अस्तवाङका १ सय ११ घरधुरीलाई खानेपानी समस्या भएको हो ।
‘पहिला छरिएको वस्ती थियो, घर–घरमा खानेपानीको धारा थियो । पहिरोले घरखेत बगाएपछि सवै एकै ठाउँमा छौं, एउटै सानो मुहानको पानी प्रयोग गर्दा समस्या भएको छ’ पहिरो पीडितमध्यका एक लक्ष्मण गौतमले भने, ‘पहिला पशुचौपाया खुल्ला छोड्ने भएकोले खोलाखोल्सीमा पुऱ्याएर पानी खुवाईन्थ्यो, मुहानको पानीले मान्छेलाई मात्र थेग्थ्यो । अहिले मान्छेसँग पशुपंक्षी पनि थपिए । खानेपानी अपुग भयो ।’
परम्परादेखी प्रयोग गर्दै आएको मुल ०७२ सालको भुमकम्पपछि सुकेपछि गत वर्ष मात्र वस्तीदेखी २ सय ४० मिटर तलको बिबोटखोला र जुगेखोला मुहानको पानीलाई लिफ्ट प्रविधीबाट माथी वस्तीमा ल्याई घर घरमा निजी धारा सिस्टममा पानी प्रयोग गर्दै आएका थिए ।
पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको एक करोड ४३ लाख एक हजार सहयोगमा उक्त लिफ्ट खानेपानी संञ्चालन गर्न २२ किलोवाट क्षमताको सोलार जोडिएको थियो ।
गत असार २६ गतेको पहिलोले योजनाको मुहानसहित २ वटा इन्टेक, करिव ३ सय मिटर मुख्य पाईपलाईन, सोलार सिस्टम सवै बगाएपछि विममा खानेपानी आपूर्ति बन्द छ । खानेपानी योजनाको मुख्य संरचना मर्मतगरी पुन: प्रयोग गर्न नमिल्ने गरी पहिरोले बगाएपनि जोगिएका ८ वटा पानी संकलन टंकी, ११९ धारा र ९ हजार ९०९ मिटर वितरण पाईपलाईन मध्य धेरै भाग सुरक्षित रहेकोले करिव २ किलोमिटर परको चेम्बाङ मुहानबाट पानी लाउन सकिने स्थानीयले बताएका छन ।
‘पुरानो खानेपानीको मुहानबाट फेरी पानी ल्याउन सकिने अवस्था छैन । मुख्य पाईप लाईन पनि बगेको छ । नयाँ योजनाकालागी पालिका समेत खानेपानी क्षेत्रमा काम गर्ने निकायमा अनुरोध पठाएका छौं’ मालिका गापा, ७ विमका वडाध्यक्ष रेशम जुग्जालीले भने, ‘अहिले त बर्खा भएकोले परम्परादेखी प्रयोग गरिँदै आएको मुहानमा पानी प्रसस्त थियो । वर्षा वसेपछि मुहानको पानी सुक्दै गएको छ, हिउँदमा कसरी पानी खाने पिरलो छ ।’
वडाध्यक्ष जुग्जालीले थपे, ‘अधिकांश वितरण लाईन र रिजभेसन ट्याङ्की यथावत रहेकाले कुनै दाता आए हामीलाई टाढाको चेम्बाङ्ग मुहानबाट भीरबाटै भएपनि हामीले पानी ल्याउने थियौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल