FLASH NEWS
  • Loading...

‘सरप्राइज लाभांश’ले बैंकिङ समूहमा चमक, बुलको पूर्वसंकेत हो ?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४३६ पटक पढिएको
‘सरप्राइज लाभांश’ले बैंकिङ समूहमा चमक, बुलको पूर्वसंकेत हो ?

कोरोना कहरका बीच बैंकहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि सेयर बजारमा बैंकिंग समूहका सेयर खरीद गर्नेको चाप देखिएको छ । यहीकारण दशैंविदापछि आजदेखि खुलेको बजारमा बैंकिङ समूहमा चमक देखिएको छ ।

बजार पूँजीकरणमा सबैभन्दा धेरै हिस्सा ओगट्ने बैंकिंग समूहको सेयरमा आकर्षण बढ्न थालेपछि मात्र दिगो उछाल सुरु भएको मानिने भएका कारण समेत यो समूहको सूचकमा उछाल आउँदा बजारमा रौनक छाउने गर्दछ । दशैंविदापछि बुधबार बजार खुलेलगत्तै यस्तै रौनक देखिएको छ । कतिपय अनुभवी लगानीकर्ताहरुले वाणिज्य बैंक समूह चलेका कारण अब बजारमा बुल सुरु भएको समेत दाबी गर्न भ्याएका छन् । तर, आजको एकैदिनको कारोबारका आधारमा त्यस्तो भनिहाल्नु हतारो मात्र हुनेछ ।

कारोबारको एकघण्टा समय बित्दा समूह वाणिज्य बैंक समूहको सूचकमा करिब २ प्रतिशत बराबरको बढोत्तरी भइसकेको छ । अन्य समूह कारोबार खुलेपछि बढे पनि घट्न थालेका छन्, तर बैंकिंग समूहमा राम्रो बढोत्तरी देखिएको छ ।

बैंकिंग समूहमा स्क्रीप्ट चलेका कारण पनि एकघण्टाको अवधिमा ५० करोडभन्दा बढीको सेयर किनबेच भइसकेको छ । यही अवस्था कायम रहे बुधबार २ अर्ब बढीको कारोबार हुनसक्ने आँकलन गर्न सकिन्छ ।

कारोबार खुलेको एकघण्टामा धेरै कमाउने प्रमुख १० कम्पनीको सूचीमा ७ स्थानमा वाणिज्य बैंकले कब्जा गरेका छन् । सिटिजन्स बैंकको सेयरमूल्य ५ प्रतिशतले बढिसकेको छ भने प्राइम कमर्सियल बैंकको मूल्य ४ प्रतिशत, ग्लोबल आइएमई बैंकको सेयर मूल्य साढे ३ प्रतिशत, हिमालयन बैंकको पनि साढे ३ प्रतिशत, प्रभू बैंकको ३.२४ प्रतिशत, सिद्धार्थ बैंकको साढे २ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको मूल्य ३.२३ प्रतिशतले बढिसकेको छ ।

वाणिज्य बैंकबाहेक विकास बैंक समूहको परिसूचक पनि करिब १ प्रतिशतले बढिसकेको छ । बित्त कम्पनीको उपसूचक सामान्य मात्र बढेको छ भने दशैंविदाअघिसम्म चम्किरहेको जलविद्युत समूहको परिसूचक घट्दो क्रममा देखिएको छ । जलविद्युत कम्पनीको सेयर बेचेर बैंकिंग समूहका सेयर खरीदतर्फ लगानीकर्ता लागेको देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र