FLASH NEWS
  • Loading...

थ्री सिस्टर्स: पर्यटनमा महिलाका लागि महिलाको अभियान

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३५२ पटक पढिएको
Post Thumbnail

झण्डै २५ वर्षअघि पोखरालाई कर्मथलो बनाउन आइपुग्दा लक्की, डिक्की र निक्की क्षेत्रीलाई लागेको थिएन, आफुहरुले गरेको काम हजारौं लाखौं नेपाली महिलाहरुका लागि प्रेरणाको स्रोत बन्ने छ भनेर ।

सुरुमा पर्टकीय नगरी पोखरामा रेष्टुरेन्ट र लज चलाउन थालेका यी तीन दिदी–बाहिनीलाई एउटा कुराले चिमोट्यो, घुमफिरमा निस्केका महिलाहरुका लागि महिला गाइड नै छैनन् ।

‘हामीसँग संसारभरीबाट यात्रामा निस्केका धेरै महिला पर्यटकहरुको भेट हुन्थ्यो, कतिसँग आफ्ना पुरुष गाइडले गरेका दुर्ब्यवहारका कथाहरु हुन्थे’ थ्री सिस्टर एडभेञ्चर ट्रेक्स चलाइरहेका तीन दिदी बाहिनी भन्छन्, ‘त्यो अनुभवले हामीलाई महिला गाइडहरु उत्पादनको क्षेत्रमा काम गर्ने हौसला बढ्यो ।’

पोखरामा अहिले उनीहरुले होटल र ट्रेकिङ एजेन्सी त चलाएका छन् नै त्यो भन्दा पनि महत्वपूर्ण काम महिला गाइडको उत्पादनमा काम गरेका छन् । उनीहरुको बुझाइमा यसले ‘महिलाहरुलाई घरबाट बाहिर निस्कन मद्दत पुगेको छ, पर्यटन क्षेत्रमा केही हदसम्म भएपनि सघाउ पगेको छ ।’

यस पटक लक्की, डिक्की र निक्की तीन दिदी बाहिनीले दार्जिलि‌ङबाट नेपाल आएर गरेको संघर्ष र सफलताको कथा हामीले प्रस्तुत गरेका छौं ।