FLASH NEWS
  • Loading...

चीनले विश्वकै सबैभन्दा ठूलो बाँध बम पड्काएर उडाइदियो !

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६५ पटक पढिएको
चीनले विश्वकै सबैभन्दा ठूलो बाँध बम पड्काएर उडाइदियो !

चीनका अधिकारीहरुले मध्य चीनको एक बाँधलाई बम पड्काएर उडाइदिएका छन्। विश्वकै सबैभन्दा ठूलो मानिएको यो बाँधलाई आइतबार विष्फोट गरेर उडाइएको हो ।

बाँधले पानी थुन्दा डुबान बढ्दै गएपछि पानी खोल्नको लागि बाँधमा विष्फोट गराइएको हो । चीनमा डुबानका कारण सय भन्दा धेरैको मृत्यु भइसकेको छ । चीनको सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले जनाएअनुसार यांग्त्जी नदीको सहायक चुही नदीमा बनेको विशाल बाँधलाई विष्फोट गरेर उडाइएको हो ।

यो विष्फोटपछि नदीको जलस्तर २ फिटभन्दा अधिक घट्ने अपेक्षा गरिएको छ । अविरल वर्षाका कारण चीनमा यांग्त्जीसहितका नदीहरुको जलस्तर असामान्य रुपले बढेको छ । गत हप्ता यांग्त्जी नदीमा बनेका तीन बाँधको फ्लडगेट खोलिएको थियो किनकि विश्वको सबैभन्दा ठूलो यो बाँधको जलस्तर १५ मिटरभन्दा अधिक बढेको थियो । गत हप्ता त्यहाँका अधिकारीहरुले वर्षाका कारण १४० भन्दा धेरै मानिसहरु मरेको वा बेपत्ता भएको बताएका थिए । अविरल वर्षा र बाढीले चीनमा ३८ लाख नागरिक नराम्ररी प्रभावित भएका छन् । २ लाख २४ हजारभन्दा धेरै विस्थापित भएका छन् ।