FLASH NEWS
  • Loading...

म्याग्दीका सवै गाउँपालिकामा कोरोना अस्पताल बन्दै, डाक्टर नियुक्त गर्न आवेदन माग

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७४ पटक पढिएको
म्याग्दीका सवै गाउँपालिकामा कोरोना अस्पताल बन्दै, डाक्टर नियुक्त गर्न आवेदन माग

जिल्लाका सवै गाउँपालिकाहरुमा अस्थाई कोरोना अस्पताल बनाउन प्रकृया थालेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भविश्यमा समुदाय स्तरमा कोरोना संक्रमण भयावह हुने आकलन गरी स्थानीय तहमा ५ बेड क्षमताको कोडिभन–१९ अस्थाई अस्पताल बनाउन गाउँपालिकाहरुलाई  आवश्यक बजेट निकासा दिएको छ । मन्त्रालयले १० लाख मध्य ५ लाखको वेडसमेत आवश्यक स्वास्थ्य सामाग्री र ५ लाखबाट एक जना मेडिकल अफिसर (डाक्टर), एक जना स्टार्फ नर्स र एक जना कार्यालय सहयोगीसमेत ४ जना श्वास्थ्यकर्मी नियुक्त गर्न निर्देशिका अनुसार जिल्लाका सवै गाउँपालिकाहरुले अस्थाई कोरोना अस्पताल निर्माण प्रकृया थालेका हुन ।

मंगला गाउँपालिकाले अन्य स्थानीय तहले भन्दा छिटो ५ बेड क्षमताको अस्थाई कोरोना अस्पतालकालागी पूर्वाधार तयार पारेको जनाएको छ । मंगला गापाले अर्मन हेल्थपोष्टको एउटा खण्डमा ओपिडि सेवा प्रभावित नहुनेगरी ५ बेड, २ अक्सीजन सिलिण्डर सहित कोरोना अस्थाई अस्पतालको पूर्वाधार तयार पारेको हो ।

मंगला गापाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाका अनुसार निर्देशिका अनुसार कोभिड–१९ अस्थाई अस्पताल संञ्चालन गर्न कात्तितक ५ गतेको मितिमा डाक्टरसमेत स्वास्थ्यकर्मी नियुक्त गर्न दरखास्त आह्वान गरेको छ ।

‘अर्मन हेल्थपोष्टमा ५ बेडसहित अस्थाई कोरोना अस्पतालको पूर्वाधार तयार पारेका छौं । हेल्थपोष्टमा उपलब्ध २ वटा अक्सिजन सिलिण्डरलाई पनी कोरोना अस्पतालमा प्रयोग गर्ने गरी ब्यवस्था मिलाएका छौं’ मंगला गापा अध्यक्ष सतप्रसाद रोकाले भने, ‘कोरोना अस्पतालमा घरमा छुट्टै आईसोलेसन बनाउन नसक्ने विरामी, मजदुर र अति विपन्नलाई मात्र राख्ने योजना छ ।’

बेनी नगरपालिका बाहेक अन्नपूर्ण गाउँपालिकाले वडा नं ५ नारच्याङमा नेपाली सेनाले प्रयोग गरेको भवन, रघुगंगा गाउँपालिकाले वडा नं ३ पिप्लेको स्वास्थ्यचौकी, मालिका गाउँपालिका दरबाङको छ्यारछ्यारे र धवलागिरी गाउँपालिकाले वडा नं ७ ताकममा बनाउने तयारीमा छन् ।

१० लाख रुपैंया बजेट मध्ये ४ लाख ५० हजार रुपैंया तलब, ५० हजार रुपैंयाँ औषधि र ५ लाख रुपैंयाँको बेडसहितका समाग्री किन्न गरी निर्देशिकामा उल्लेख छ । अस्थायी अस्पतालका लागि तत्काल ३ महिना करारमा जनशक्ती ब्यवस्थापन गरिने छ ।

त्यस्तै मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुका अनुसार मालिका गापामा अस्थाई कोरोना अस्पताल बनाउन औषधी, बेड र अन्य स्वास्थ्य सामाग्री खदिर गर्न थालिएको छ । स्वास्थ्यकर्मी नियुक्तिकालागी दरखास्थ आह्वान गरिए अनुसार स्थानीय दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका करारका डाक्टरलाई नै कोभिड अस्पतालमा पुन: नियुक्त गर्ने तयारी भएको छ । स्टार्फ नर्सहरु पनि सम्पर्कमा आउने क्रममा छन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल