FLASH NEWS
  • Loading...

लकडाउले रोकिएको सडक निर्माण सुचारु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१६ पटक पढिएको
लकडाउले रोकिएको सडक निर्माण सुचारु

कोरोना भाईरसको महामारीको त्राससँगै सरकारले लागु गरेको लकडाउनपछि काम रोकिएको पोखरेवगर–चित्रे १८.५ किलोमिटर सडकको स्तरउन्नत गर्ने कामले ७ महिना पछि गति लिन थालेको छ ।
लकडाउन खुकुलो भै सार्वजनिक यातायात संञ्चालन हुन थालेपछि निर्माण ब्यवसायीले मोतिदान/जयमाता जेभीले प्राविधिक तथा मजदुरलाई कार्यस्थलमा ल्याई अवरुद्ध कामलाई गति दिएको हो । ठेकदार कम्पनीले कार्यस्थलमा खटिएका सवै प्राविधिक र मजदुरहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार पिपिई गराई ल्याएको दावी गरेको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्प प्रभावित अन्र्तगत अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगरबाट सोही वडाको चित्रेसम्म १८ किमी ५ सय मिटर कच्ची सडकमा सव वेस/वेस र कालोपत्रे सडक स्तरमा बृद्धी थालिएको थियो । तिव्र गतिमा काम भैरहेकोमा चैत ११ गतेदेखी लकडाउन गरेपछि कोरोना भाईरसको त्रासले मजदुर तथा प्राविधिकहरु घर फर्केपछि काम रोकिएको थियो ।
‘लकडाउनले लामो सयम सडकको काम अवरुद्ध भयो । झण्डै सात महिनापछि हामी काममा फर्केका छौं । बर्खा भत्केका, पहिरो पन्छ्याउने काम भैरहेको छ । सुरु विन्दुबाट वेस विच्छ्याउँदै जाने र काम रोकिएको स्थानबाट माथी भित्ता काट्ने, डिलमुनी फिलिङ गर्ने र प्रोटेसनका काम पनि अगाडी बढाउने गरी कामको तालिका मिलाएका छौं’ सडक स्तरवृद्धि कामको ठेक्का पाएको मोतिदान/जयमाता जेभीका संञ्चालक ब्यवसायी गौतम भुषालले भने, ‘हाल कोरोना कहरका विच सिमित मजदुरहरुबाट काम सुरु गरेका छौं, दशैंपछि फुलफेजमा काम अगाडी बढाउँछौं ।’
पोखरेवगर–घार–खिवाङ–शिख–चित्र १८.५ किमी सडक स्तर उन्नत गर्न ३६ करोड ६९ लाख ५८ हजार लागत अनुमान गरिएकोमा काठमाण्डौको मोतिदान/जयमाता जेभीले मुल्यअभिवृद्धि करसहित २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको हो । ०७५ मंसिरबाट सुरु भएको सडकको स्तरवृद्धी कार्यक्रम ०७८ पुसमा सक्ने लक्ष्य रहेको छ । सडक स्तरोन्नती गर्दा ठेकदारले ढुङ्गामाटो काट्ने, ग्यावीन वाल लगाउने, मेसिनरी वाल लगाउने, ह्युमपाईप लगाउने, आरसीसि गर्ने, सव वेस/वेस र कालोपत्रे गर्ने स्टोन सोलिङ्ग र आरसिसी गर्ने कार्य तोकिएको छ ।
त्यसैविच ठेकदारले लकडाउनको निहुँमा सडकको केही स्थानमा भित्ता काटेको तर संरक्षणकालागी वाल नलगाएकोले बाढी पहिरोले बढी क्षति पुऱ्याएको र मुअब्जा दिँदा पनि पहुँच हुनेले मात्र पाएको स्थानीयले गुनासो गरेका छन ।
‘स्थानीय तह र सरोकारवाला निकाय पुननिर्माण प्राधिकरणले निर्माण ब्यवसायी र सडक निर्माणमा अनुगमन नहुँदा गुणस्तर कमजोर भएको छ । धेरै सर्वसाधारणले सास्ती र क्षति भोग्नु परेको छ’ सडकबाटबढी प्रभावित भएको अन्नपूर्ण गापा, ६ विरौटाका सुवोध बरुवालले भने, ‘सडक निर्माणमा लापरवाही हुँदा पहिरो गै हाम्रो घरमा क्षति पुग्यो, धेरैले क्षति भोगेका छन ।’
त्यस्तै ठेकदारले सडक निर्माण गर्दा प्रयोग गर्ने स्थानीय सामाग्री गिटीवालुवा समेतका सामाग्रीको स्थानीयले सहज उपयोग गर्न दिने विषयमा पनि मत बाझिएको छ । ठेकदार ब्यवसायीले सडक खण्डमा पर्ने दुरर्विन डाँडामा क्रसर राख्ने र पहाडमा रहेको गेग्रानलाई प्रयोग गर्न पाउनु पर्ने बताउँदै आएको छ ।
‘विगतमा स्थानीयसँग सहकार्य गर्न हामीबाट त्रुटी महसुस गरेका छौं । पाठ सिकेर गल्ती सच्याउँछौं’ मोतिदान/जयमाता जेभीका मुख्य निर्मार्ण ब्यवसायी गौतम भुषालले थपे, ‘दुर्विनडाँडाको मेट्रियल झिक्ने र प्रयोग गर्ने तथा क्रसर राख्न स्थानीयबाट सहमति गरेका छौं । स्थानियवासी र स्थानीय सरकार सँगको सहकार्य थप मझवुत बनाउन प्रतिवद्ध छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल