FLASH NEWS
  • Loading...

पर्वतको जलजला गाउँपालिका (मल्लाज) मा कोरोना संक्रमण विष्फोट

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६८ पटक पढिएको
पर्वतको जलजला गाउँपालिका (मल्लाज) मा कोरोना संक्रमण विष्फोट

म्याग्दी सदरमुकाम बेनीसँग सीमाजोडिएको र अधिकांश कारोवार बेनीमै हुने पर्वतको जलजला गाउँपालिकामा (पारीवेनी क्षेत्र)मा कोरोना संक्रमण विष्फोट भएको छ ।

जलजलाको पारीवेनी क्षेत्रमा बस्ने १६ जनालाई एकै दिन कोरोना पुष्टी भएको हो । अधिकांश संक्रममित म्याग्दी वेनी र पारीपर्वत वेनीका ब्यवसायी र वारीपारी गरिरहेका व्यक्ति रहेका छन । कोरोना संक्रमितको ठेगाना पर्वत जललजा भएपनि केही संक्रमित म्याग्दी सदरमुकाम बेनीमा बसोवास गर्ने पनि छन ।

स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्तीमा कोरोना संक्रमण पुष्टि गरेको छ । जलजला गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमणपछि कन्ट्याक ट्रेसिङ गर्दा  १६ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका १६ मध्य जलजला गाउँपालिकामा कार्यरत कर्मचारी २ जना, मिलन चोक प्रहरी चौकी र बेनी प्रहरी चौकीका प्रहरी १/१ जना, धाइरिङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यर्की १ जना, जलजला वडा नम्बर १ का १ जना, २ का १, माझफाँटका ५ जना, ४ पारीवेनीका २ जना, ८ का १ जना र ५ घर भै ६ वस्ने १ जनालाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरु सवै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।