- Loading...
बेनी अस्पतालका एक चिकित्सकमा कोरोना पुष्टी

- पुनहिल डट कम
- ५ साल अघि
- २२२ पटक पढिएको
म्याग्दीमा कोरोनाको जोखिम बढ्दै गएको छ । अस्पतालमा उपचार गराउन आएका कोरोना संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङमा परेका बेनी अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका चिकित्सकले पोखरामा स्वाव दिएर होम क्वारेनटाइन बसेका थिए । कोरोना संक्रमणको लक्षण सहित असोज २६ गते अस्पतालको ओपिडी सेवामा उपचारका लागि पुगेका पर्वतको जलजला गाउँपालिका–३ का ४९ बर्षिय पुरुष र रघुगंगा गाउँपालिका–५ स्थित रघुगंगा हाइड्रोपावर लिमिटेडमा कार्यरत ४३ बर्षिया पुरुषलाई कोरोना देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका चिकित्सकले आफै पोखरामा पुगेर पिसीआर परिक्षणको लागि नमुना संकलन गराएका थिए ।
अस्पतालको ओपिडी (बहिरङ्ग) सेवामा उपचारका लागि पुगेका दुई जनामा कोरोना पुष्टी भएपछि ३८ जनाको स्बाब संकलन गरिएकोमा पिसिआर रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कन्ट्रयाक्ट ट्रेसिङमा परेका स्बास्थ्यकर्मी अस्पतालभित्रै क्वारेन्टाइनमा रहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।
म्याग्दीमा पहिलोपटक स्वास्थ्यकर्मीमा समेत कोराना देखिएको र अस्पतालमा उपचारका लागि आउने व्यक्तिहरुमा समेत संक्रमणको जोखिम बढेको छ । अस्पताल विकास समिितले अति आवश्यक उपचार बाहेक अस्पतालमा नआउन अपिल समेत गरेको छ ।
म्याग्दीमा अहिलेसम्म ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये जिल्लाबाटै स्वाब संकलन गरि पठाईएका नमुनाबाट ६८ जना र अन्य बाहिर गएर पीसीआर परिक्षण गराएकाहरुमा कोरोना पुष्टि भएको हो । बेनीको आइसोलेसनमा अहिले १५ जनाले उपचार गराइरहेका छन भने एक जना बच्चा सहितको आमा भएकाले स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा राखिएको छ ।
बेनी अस्पतालमा भर्ना भएका २ विरामीसमेत म्याग्दीमा चार जनामा कोरोना पुष्टी

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























