FLASH NEWS
  • Loading...

म्याग्दीका गाउँपालिकालाई सडक मर्मतको चटारो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१६ पटक पढिएको
म्याग्दीका गाउँपालिकालाई सडक मर्मतको चटारो

फाईल फोटो ।

स्थानीय सरकार भनिएका गाउँपालिकाहरुलाई हरेक वर्ष झैं सवै ग्रामिण सडक मर्मतसम्भारको चटारो छ । सवै स्थानीय तहमा दशैं लक्षित गरी ग्रामिण सडक मर्मत गर्न हतारो हो ।

मनसुन रोकिएकोले बर्खामा भत्केका सडक मर्मत गरी दशैंमा खाद्यान्न समेत अत्यावश्यक सामान वस्तीमा पुर्‍याउन हतारमा ग्रामिण सडक मर्मत सुरु गरिएको गाउँपालिकाले जनाएका छन । स्थानीय तह भित्र ट्याक ओपन भएका सवै सडकमा खाल्डाखुल्डी पुर्ने, पहिरो पन्छ्याउने/सफा गरी सवारी संञ्चालन योग्य बनाउने कार्यलाई दशैं सडक मर्मत भन्ने गरिएको छ ।
‘दशैंसँगै बर्खामा अवरुद्ध नगरभित्रका स्थानिय १२ वटा ग्रामिण सडक मर्मत सुरु गरेका छौं’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘दशैं लक्षित भएपनि सँधैकालागी मर्मत गरेका छौं ।’
नगरभित्रका सवै ट्याक ओपन सडकलाई दशैं अघि अत्यावश्यक सामाग्री वस्ती सम्म ढुवानी गर्न योग्य वनाउने गरी मर्मत थालिएको नगरपालिकाले दावि गरेको छ । तर नगरक्षेत्र भित्रका ठेक्का लागेका ठूला सडक योजनाहरु भने सम्बन्धित कार्यालय/निर्माण ब्यवसायी मार्फत नै मर्मत गराई सवारी संञ्चालन योग्य बनाउने नगरपालिकाको योजना छ ।
दशैं लक्षितगरी जिल्लामा कम्तीमा ७२ वटा सडकको सानो ठूलो मर्मतको काम भैरहेको छ । सवै भन्दाबढी बेनी नगरपालिका भित्रका योजना मर्मत भैरहेको छ । सवैभन्दा थोरै धौलागिरी गाउँपालिकामा दुई वटा योजना मर्मत भैरहेको छ । धौलागिरी गापामा सवैभन्दा थोरै सडक छन ।

मंगला गाउँपालिकाले दशैं भित्र सक्ने गरी गाउँपालिका केन्द्र बाबियाचौर–पोक–बरंजा सडक, पोक–नेटा–अर्मन सडक, बाबियाचौर–कुहुँ–टोड्के सडक र बाबियाचौर–हिदी सडक समेत वस्ती भित्रका साना सडक मर्मत गर्ने गरी २६ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
‘प्राविधिकको लईइष्टिमेट अनुसार उपभोक्ता समिति मार्फत सवै सडक दशैं अघि मर्मत गर्ने गरी काम थालेका छौं’ मंगला गापाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले भने, ‘कोरोना महामारीको कारण दशैंमा उपभोक्ताको चाप भन्दा सडक मर्मत छिटो गराउने दवाव बढी छ । खेतिवाली पाक्ने सिजन भएकोले कृषकलाई खेति भण्डारण गर्न र मल खेतमा पुर्‍याउन सडक मर्मत हतारो भएको हो ।’
गाउँपालिकाहरुले सामान्यत ५० हजारदेखी १० लाखसम्म पनि साविकका सडक निर्माण उपभोक्ता समिति मार्फत नै मर्मतका काम लगाएका छन । केही गाउँपालिकाले सडक मर्मत कोषबाट खर्च गरेका छन । केहीले भने विपद ब्यवस्थापन कोषबाटै खर्च गर्ने गरी सडक मर्मत थालेको जनाएका छन ।
‘गाउँपालिका भित्रका वस्ती–वस्ती जोड्ने, पालिकाको केन्द्र जोड्ने र मुख्य राजमार्ग जोड्ने सवै सडक लागत इष्टमेट अनुसार भुक्तानी दिनेगरी मर्मत थालेका छौं’ अन्नपूर्ण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले भने, ‘हामीले योजना संञ्चालन गर्दा १० प्रतिशत मर्मत कोषमा राख्ने गरेका छौं, त्यही मर्मत कोषबाट खर्च गर्ने गरी सडक मर्मत थालेका हौं ।’
अन्नपूर्ण गाउँपालिकाले ठेकदार मार्फत काम भैरहेको बेनी–जोमसोम सडक अन्र्तगतका सडक खण्ड र पोखरे–घोरेपानी सडकमा बाहेक सवै सडक मर्मत थालिएको जनाएको छ । पोखरे–पाउद्धार सडक मर्मत भै ४ महिनापछि मंगलवारदेखी सवारी संञ्चालन भएको जनाएको छ ।
वर्खाको बाढीपहिरोले अवरुद्ध ग्रामिण सडकमा यातायात सुचारु गरी खाद्यान्न समेत अति आवश्यक सामाग्री ढुवानी सहज गराउने हप्ता–दश दिनभित्र मर्मत गरिने भएकोले यहिउँदे सडक भएपनि दशैं संघारमा गरिने सडक मर्मतलाई ‘दशैं खर्च’ भन्दै आलोचना पनि हुने गरेको छ ।
बर्खाको बाढीपहिरोले अवरुद्ध सकडको दशैं लक्षित मर्मत गर्न बेनी नगरपालिकाले २३ लाख, रघुगंगा गाउँपालिकाले २४ लाख, अन्नपूर्ण गाउँपालिकाले २० लाख, मालिकाले २५ लाख बजेट छट्याएका छन । सवैभन्दा कम सडक भएको तर पहिरोले क्षतिविक्षत भएको धौलागिरी गापाले ४५ लाखसम्म सडक मर्मतमा खर्च विनियोजन गरेका छन ।
‘बर्खामा बाढीपहिरोले अवरुद्ध सडकलाई दशैंसम्म पुन:संञ्चालन गर्न कार्यपालिका र कतै गाउँ सभाबाटै पनि बजेट विनियोजन गरिएको छ’ मालिका गाउँपालिकाका प्रमख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले भने, ‘मनसुन बाहिरिएपछि वर्षा बस्यो भनेर सडक मर्मत थालिएको हो, दशैं सुरु पर्व भएकोले दशैं मर्मत संयोग मात्र हो ।’
मालिका गाउँपालिकाले सडक मर्मत गर्न सडक निर्माण गर्दा डोजर समेतका उपकरण प्रयोग गर्दा १० प्रतिशत बहाल कर लिएको र सोही करको रकम सडक मर्मतमा खर्च गरिने प्रष्ट पारेको छ । गाउँपालिकाले चालु वर्षदेखी सवै योजनामा मर्मत संभार कोष स्थापना गर्ने पनि जनाएको छ ।
त्यसैगरी सडक मर्मत गर्न २४ लाख बजेट विनियोजन गरेको रघुगंगा गाउँपालिकाले दशैं अघि २ र ३ वडा भित्रका सवै सडक, झिं–टोड्के, झिं–पाखापानी–कोटगाउँ, बेग–चिमखोला–मंगलखानी सडक मर्मत गरी सक्नेगरी उपभोक्ता समिति मार्फत काम थालिएको जनाएको छ ।
‘हामीले पनि दशैं लक्षित गरी सडक मर्मत सुरु गरेका छौं । गाउँपालिका भित्रका सवै मुख्य सडक दशैं अघि मर्मत हुन्छ’ रघुगंगा गापाका प्रशासकीय अधिकृत अमृत सुवेदीले भने, ‘वस्ती जोड्ने भन्दाबढी टोल जोड्ने सडक मर्मतले लागत बढाउने देखिएको छ । प्राविधिकको लगत इष्टिमेटको आधारमा भुक्तानी दिने गरी उपभोक्ता मार्फत काम गराएका छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल