FLASH NEWS
  • Loading...

प्रहरी दिवसका अवसरमा सामाजिक अगुवालाई सम्मान

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७५ पटक पढिएको
प्रहरी दिवसका अवसरमा सामाजिक अगुवालाई सम्मान

६५ औँ प्रहरी दिवस–२०७७ कोरोना माहामारीको संत्रास वीच म्याग्दीमा पनि मनाइएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले विपद् र संकटका समयमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

सो अवसरमा म्याग्दी जिल्लामा कार्यरत रही अपराध अनुसन्धान, रोकथाम, नियन्त्रण, शान्ति सुरक्षा,कोभिड रोकथाम तथा नियन्त्रण, विपद् उद्धार लगाएतका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ११ जना र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट पुरुस्कृत हुने १ प्रहरी कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी एवं प्रमुख अतिथि उमाकान्त अधिकारी मार्फत नगद सहित पुरुस्कृत गरिएको थियो ।

प्रहरीसँग समन्वय गर्दै कोभिड–१९ रोकथाम नियन्त्रण, विपद् उद्धारमा सहकार्य गर्ने नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका उप–मन्त्री सुरत केसी, निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण घर्ति क्षेत्री,  बेनी–जोमसोम– कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्र सिंह सेरचन, स्वयम सेवक हरी कँडेल, नेपाल युथ काउन्सिल म्याग्दीलाई सम्मान गरिएको थियो । त्यसैगरि अलपत्र परेका ४ नेपाली आन्तरीक पर्यटकहरूको उद्धार कार्यमा योगदान पुयाएका नारच्यांग निवासी कृष्ण थजाली र सपीन पुर्जालाई कदर पत्र प्रदान गरियो ।

त्यस्तै, कार्यक्रममा प्रहरी चौकी मौवाँफाटलाई निशुल्क जग्गा दान गर्नुहुने मौवाफाँट निवासी तारानाथ शर्मा र बिर बहादुर बिक लाई नेपाल प्रहरीको तर्फबाट कदरपत्रले सम्मान गरिएको थियो ।  जिल्ला प्रहरी कार्यालय म्याग्दीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक किरण जंग कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले स्वागत र प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले संचालन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल