FLASH NEWS
  • Loading...

अब, नाम लुम्बिनी, स्थायी राजधानी भालुवाङ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५७ पटक पढिएको
अब, नाम लुम्बिनी, स्थायी राजधानी भालुवाङ

प्रदेश ५ को नामकरण लुम्बिनी र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो  ।

प्रस्तावको पक्षमा ७९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा चार परेको छ । प्रदेशसभामा रहेका ८७ मध्ये ८३ सांसद मतदानमा सहभागी भएका थिए ।

कांग्रेसका साबिक लुम्बिनी अञ्चलका जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भने विपक्षमा मत हालेका थिए । एक जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन ।

प्रदेशसको स्थायी राजधानी तोक्ने सम्बन्धमा प्रदेश ५ को प्रदेशसभामा भएको मतदानमा नेपाली कांग्रेसका केही सभासदले पार्टी ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

कांग्रेस संसदीय दलले सरकारले दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी तोक्ने गरी राखेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो । पार्टीका मुख्य सचेतक सुरेन्द्र हमाल भने मतदानमा उपस्थित भएनन् ।

प्रदेश ५ सरकारले यस प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव प्रदेश संसदमा गरेसँगै अस्थायी राजधानी रहेको बुटवल केही दिनदेखि तनावग्रस्त छ । उता, दाङवासी भने प्रदेश सरकारको उक्त प्रस्तावपछि दीपावलीसहित खुसी मनाइरहेका थिए ।

प्रदेश सरकारको यस प्रस्तावप्रति सत्तारुढ नेकपाकै सांसदहरु असन्तुष्ट थिए भने प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि ढुंगामुढा प्रहार भएको थियो । प्रदेश ५ संसदको यस निर्णयसँगै अब प्रदेश ५ को नामकरण र स्थायी राजधानीको टुंगो लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल