FLASH NEWS
  • Loading...

उद्योग वाणिज्य संघको किर्ते धन्दा, खै जडिबुटी संकलन केन्द्र ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १९५ पटक पढिएको
उद्योग वाणिज्य संघको किर्ते धन्दा, खै जडिबुटी संकलन केन्द्र ?

उद्योग, ब्यापार, ब्यावसायकि क्षेत्रको हितप्रर्वद्धन गर्न निजी क्षेत्रको छाता संगठनको रुपमा स्थापित म्याग्दी उद्योग वाणिज्य संघ ब्यवसायीक हित विपतिर सरकारी अधिकारीलाई प्रभावमा राखी ग्रामिण समुदायमा पुग्नु पर्ने सरकारी योजनालाई झ्वाम पारेको छ । उपभोक्ताको तहमा पुग्नु पर्ने कार्यक्रम जिल्लाका सरकारी कर्मचारीलाई प्रभावपारी आर्थिक लाभमा दुरुपयोग गरेको खुलेको हो ।

डिभिजन वन कार्यालय म्याग्दीको अभिलेखमा सदरमुकाम बेनीमा जडिबुटी भण्डारण तथा प्रशोधन केन्द्र निर्मित भै प्रयोगमा छ । तर यस्तो केन्द्र वारे न जडिबुटी ब्यापारीलाई न त जिल्लाबासीलाई जानकारी छ ।
डिभिजन वन कार्यालयबाट आव ०७५/०७६ मा जडिबुटी भण्डारण तथा प्रशाधन केन्द्र स्थापना गर्न निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले गुपचुप १४ लाख ७५ हजार रुपैयाँ अनुदान लिएर आफ्नो भवनको तल्ला थप गरेको छ । संघले थप गरेको तल्लामा जिडिबुटी भण्डारण गर्नुको सट्टा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय कार्यसमितिको मुख्यालय राख्न भाडामा लगाई आयश्रोतको माध्यम बनाएको छ ।
‘हामीले संघको कार्यालयको भवनमा थप गरी जडिबुटी संकलन केन्द्र बनाईएको हो । तर कार्यालय, वन उपभोक्ता समिति र ठेकदार कसैले पनि जडिबुटी भण्डारण गर्न ल्याएका छैनन । कसैले जडिबुटी राख्न ल्याए भवन उपलब्ध हुन्छ’ उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश शाक्यले भने, ‘जडिबुटी संकलन, भण्डारण र प्रशोधन केन्द्र बनाउँदा अनुदान मात्र होईन संघको पनि लगानी भएको छ ।’
वन डिभिजन कायाृलयको सोही आर्थिक वर्ष र कार्यक्रम अन्र्तगत बेनी नगरपालिका, ९ तोरीपानीमा ५ लाख ९९ हजार ८९ रुपैयाँ लागतमा स्थापना गरिएको जडिबुटी भण्डारण तथा प्रशाधन केन्द्रमा भने स्थानीय घोर्लास सामुदायीक वन उपभोक्ता समिति आवद्ध कृषकले संकलन गरेको टिमुर भण्डारण तथा प्रशोधन गर्दै आएका छन ।
जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने कार्यक्रममा प्रस्ताव आह्वान गर्ने र स्वीकृत गर्ने जिल्ला जडिबुटी फोकल टिममा उद्योग वाणिज्य संघ सदस्य रहेको छ । फोकल टिमको प्रभावशाली सदस्य संघले प्रभावमा पारी कार्यक्रम मिलाएर लिएको बताईएको छ ।
आव ०७६/०७७ मा पनि जडिबुटी भण्डारण तथा प्रशोधन केन्द्र स्थापना कार्यक्रम अन्र्तगत उद्योग वाणिज्य संघले धौलागिरी शाखाको कार्यालय भवन बनाउने मनसायले धौलागिरी गाउँपालिका उद्योग वाणिज्य संघ मार्फत प्रस्ताव हालेको थियो । तर सदस्यहरुले धौलागिरी गापा, ७ धारापानीको नेचुरल नेपलिज ह्याण्डीक्राफ्ट प्रडक्सनलाई उपकरण खरिदमा १६ लाख ३२ हजार नगद अनुदान दिने निर्णय गरेकोमा संघले विवाद झिकेको थियो । सोही विवाद लम्बिएपछि गत बर्ष संघले जडिबुटी भण्डारण तथा प्रशाधन केन्द्र स्थापना गर्न अनुदान लिएर दुरुपयोग गरेको खुलेको हो ।
‘बेनी नगरपालिका,८ बेनीमा म्याग्दी उद्योग वाणिज्य संघले निर्माण गरेको जडिबुटी भण्डारण तथा प्रशाधन केन्द्र आवश्यकतामा आधारित नभएको र उपयोग पनि नभएको भनि गुनासा आएका छन । तथापी भवन बनि सकेकोले जडिबुटी भण्डारण गर्ने तहमा आउँदा प्रयोग गर्न सकिन्छ’ डिभिजन वन कार्यालयका प्रमुख सन्तोष खनालले भने, ‘वास्तवमा जिल्लामा भण्डारण र प्रशोधन गर्ने तहको जडिबुटी नै संकलन हुँदैन । वस्ती क्षेत्रका सामुदायीक वनमा जडिबुटी संकलन हुँदैन, माथी हिमालमुनीका राष्ट्रिय वनबाट संकलन हुने जडिबुटी ब्यापारीले सोझै लैजान्छन ।’