FLASH NEWS
  • Loading...

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २२२ पटक पढिएको
Post Thumbnail

 

कोरोना पोजेटिभ देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ। ह्वाइट हाउनसले विज्ञप्ति जारी गर्दै सावधानी र होसियारी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टल रीड नेशनल मिलिट्री अस्पताल लैजाने निर्णय गरिएको जनाएको छ।

त्यसअघि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका थिए।  ह्वाउट हाउसले सूचना जारी गर्दै ट्रम्पलाई थकान महशुस भएको र उनी चाँडै निको हुनेमा आशावादी रहेको जनाएको छ।

सीबीएस न्युजका अनुसार ट्रम्पलाई हल्का ज्वरो आएको छ। राष्ट्रपति ट्रम्प विशेष हेलिकप्टर मरीन वनबाट मेडिकल सेन्टर प्रस्थान गरेका थिए। तर प्रस्थान गर्नुपूर्व ट्रम्पले आफू र आफ्नी श्रीमतीप्रति शुभकमना दिनेलाई धन्यवाद दिएका थिए।

ट्रम्पलाई कोरोना पोजेटिभ पुष्टि त्यतिबेला भएको छ, जतिबेला अमेरिकामा राष्ट्रपतिको चुनाव हुन एक महिना मात्र बाँकी रहेको छ। ट्रम्पको प्रतिश्पर्धा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनसँग हुँदैछ।

अस्पताल जानु पूर्व राष्ट्रपति ट्रम्पले जनताका लागि एउटा भिडियो सन्देश जारी गरे अनि उनी हेलिकप्टरमा बसे। उनले मास्क लगाएका थिए। ट्रम्पले जारी गरेको भिडियो सन्देशमा भनेका छन्, ‘म सबैलाई सहयोगप्रति धन्यवाद भन्न चाहन्छु। म वाल्टर रीड नेशनल मेडिकल सेन्टर जाँदैछु। मलाइ लाग्छ म ठिक छु।’ source-agances

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल