FLASH NEWS
  • Loading...

गरिमा विकास बैंकसँग सहारा विकास गाभिने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७० पटक पढिएको
गरिमा विकास बैंकसँग सहारा विकास गाभिने

गरिमा विकास बैंकले सर्लाहीको सहारा विकास बैंक लि. लाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धमा सहमतिपत्र (एमओयु) मा शुक्रबार हस्ताक्षर सम्पन्न भएको छ ।

गरिमाको तर्फबाट अध्यक्ष चन्द्रकान्त बराल र सहाराको तर्फबाट अध्यक्ष सुगन्धकुमार गुप्ताले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । गरिमाको प्रधानकार्यालय काठमाडौंमा छ भने सहाराको सर्लाहीको मलंगवामा छ ।

हाल गरिमाको अधिकृत पुँजी ५ अर्ब र जारी तथा चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार छ । यस्तै, सहाराको अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रहेको छ ।

गरिमाले हाल देशका सातै प्रदेशमा १ सय २ शाखा कार्यालयहरुमार्फत सेवा दिँदै आएको छ भने सहाराले सर्लाहीमा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएको छ । प्राप्तिसम्बन्धी कार्य आगामी २०७८ वैशाख १ मा सम्पन्न गर्ने सहमति भएको छ ।

गरिमाले यसअघि शुभेक्षा र नीलगिरि विकास बैंकलाई प्राप्ति गरेको थियो । सहारासमेत प्राप्ति गरिसकेपछि गरिमा विकास बैंक प्रभावकारी वित्तीय सेवा प्रदायक विकास बैंकको रुपमा हिमाल, पहाड र तराईमा आफ्नो उपस्थिति ब्यापक बन्ने विश्वास लिएको जनाएको छ । source-safalaawas