FLASH NEWS
  • Loading...

मुस्ताङ्गीको घुमफिर

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७९ पटक पढिएको
मुस्ताङ्गीको घुमफिर

तस्वीर : निशा थकाली, ठिनी

तल सहरबजार तिर कोरोना भाईरस संक्रमणको त्रास छ । ६ महिना लामो लकडाउन पुरै अन्त्य भएको छैन । सार्वजनिक यातायात खुल्लेपनि मान्छे यात्रामा निक्लेका छैनन । कलेज, विद्यालय अझै खुलेका छैनन । तर मुस्ताङ्गीलाई निस्फिक्रि छ । घुमघाममा मस्त छन ।
पर्यटनमा आधारित ब्यवसाय बन्द भएपछि फुर्सदमा रहेका मुस्ताङ्गी कोरोना कहरलाई घुम्ने अवसरको रुपमा उपयोग गरे । सहरका स्कुल, कलेज बन्द भएपछि गाउँफर्केका युवायुवतीहरु पनि लकडाउनको यो समय घुमघाममा भरपुर उपयोग गरे । युवायुवती मात्र होईन, तल्लो मुस्ताङ्का गृहणी, बृद्धबृद्धा पहिलो पटक माथिल्लो मुस्ताङ डुल्न गए ।

कागवेनी, मुक्तिनाथ, जोमसोम भन्दा तलका अधिकांश ब्यक्ति यतिवेला मुस्ताङको उपल्लो थलो अर्थात माटोको सहर लोमन्थाङ र चाईना वोर्डर (कोरला नाका)मा पुगेका छन । पैदल यात्रा गर्न सक्ने तन्नेरी पुस्ता भने दामोदर कुण्ड समेत तिलिचो ताल भ्रमण गरे ।


‘क्याम्पस विदा भएकोले हामी साथीहरु मिलेर संसारको अग्लो तिलिचो ताल पुग्यौं । यसपाला मुस्ताङ तर्फबाट खलेको नयाँ र छोटो पदमार्गबाट धेरै समुह तिलिचो पुगे’ जोमसोम स्थित जनहित क्याम्पस ब्यवस्थापन पहिलो वर्षकी छात्रा निशा थकालीले भनिन, ‘बन्दावन्दीले फुर्सदिला नभएका भए सायदै तल्लो भेगका मुस्ताङ्गी उपल्लो भेग (लोमन्थाङ, कोरला नाका पुग्थे । धेरै गृहणी तथा ब्यवसायी पहिलोपल्ट लोमन्थाङ पुगेका हुन ।’
तल्लो क्षेत्रका अधिकांश मुस्ताङी उपल्लो मुस्ताङ नयाँ गन्तब्य हो । अहिले उपल्लो मुस्ताङको घमी, चराङ, लोमन्थाङ, छोसेर, कोरला समेतका क्षेत्रमा तल्लो मुस्ताङका आन्तरिक पर्यटकको भीड लागेको हो ।  कोरोना मुक्त मुस्ताङ्गीहरु उपल्लो थलोमा रहेका प्राचिन दरवार, गुम्बा, वालुवाका पहाडमा खोपेका गुफा, कोरला नाका र तिलिचो ताल समेत पर्यटकीय गन्तब्य घुम्न निक्लेका छन । तल्लो भेगका थकाली समुदायका पर्यटन ब्यवसायी तथा युवायुवती पनि पहिलो पटक उपल्लो मुस्ताङ पुगेका छन ।