FLASH NEWS
  • Loading...

मंगला र मालिकामा पार्टी परिवर्तनको लहर

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५३ पटक पढिएको
मंगला र मालिकामा पार्टी परिवर्तनको लहर

मालिका र मंगला गाउँपालिकामा नेकपा र  काँग्रेसका कार्यकर्ताहरु एक–अर्को पार्टीमा छोड्ने र प्रवेश गर्ने परिर्वनको होड चलेको छ ।

नेकपाले सोमबार मालिकाग गाउँपालिकाको वीमका काँग्रेस इकाई सभापति धनकुमार पाईजा, निक्कोटका दिल घर्ती, विजय पुन, देविस्थानका तुलनारायण पुन समेत ८५ जना र मंगलवार मंगला गाउँपालिकामा ४५ जना काँग्रेस छोडेका कार्यकर्तालाई पार्टीमा भित्राएको जनाएको छ ।

काँग्रेस छोडेर नेकपा प्रवेश गरेका युवाहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापा, जिल्ला सचिब हरिकृष्ण श्रेष्ठ, गण्डकी प्रदेश कमिटीका कार्यालय सदस्य नवराज शर्मा, जिल्ला कार्यालय सदस्यहरु देवेन्द्रबहादुर केसी, सुविन जुग्जाली, बालकृष्ण सुवेदी, प्रदेश कमिटी सदस्य मुना बानियाँ लगायतका नेताले टिका र खादा ओढाएर स्वागत गरेका थिए ।

काँग्रेसमा लामो समय क्रियाशिल रहेपनि उसको कामबाट सन्तुष्टि रहेन, कार्यशैली देखेर पछोतो लागेपछि नेकपामा प्रवेश गरेको हो । अव गाउँपालिकाको विकास निर्माणमा सहकार्य तथा हामी नयाँ कार्यकर्ताको ब्यवस्थापनमा उचित ख्याल पुग्ने विश्वास लिएका छौं’ नवप्रवेशी धनवहादुर पाईजाले सुनाए ।

पार्टी संगठन निर्माण,विस्तार, कार्यक्रर्ता प्रशिक्षण, सदस्यता नविकरण भेला,वैठक र आगन्तुकलाई स्वागत अभियान नै संञ्चालन गरेको नेकपा म्याग्दीेले जनाएको छ । ‘नवप्रवेशी युवा कार्यकर्ताहरुलाई पार्टीले उपयुक्त कमिटिमा आवद्ध गरी उचित ब्यवस्थापन गरिने छ’ नेकपा केन्द्रीय सदस्य भुपेन्द्र थापाले भने, ‘ स्थानीय निर्वाचन काग्रेसले हात पारेको निस्कोट र देविस्थानबाट युवाहरुको नेकपा प्रवेशले उत्साही भएका छौं ।’

त्यस्तौ मंगलवार मंगला गाउँपालिकामा ४५ जना काँग्रेसका कार्यकर्तालाई नेकपाले भित्राएको छ । मंगला गाउँपालिका तुलनात्मक रुपमा काँग्रेस कमजोर छ । थप कार्यकर्ताले पार्टी परित्याग गरेपछि काँग्रेसकालागी चुनौति बनेको छ । नेकपाले भने मंगलामा काँग्रेससँग वदलाभावले हेरेको देखिएको छ ।

त्यसैगरी नेपाली काँग्रेसले पनि मंगला गाउँपालिकामा नेकपाका कार्यकर्ता भित्राएको जनाएको छ । मंगलवार अर्मनको छिस्वाङ्गमा आयोजना गरेको बैठकमा नेकपाको युवा संघका प्रताप रोका, कुमारी मल्ल समेत ५३ जना कार्यकर्तालाई काँग्रेस प्रवेश गराएको जनाएको छ ।

नेकपा कार्यकर्ता काँग्रेसमा

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका नेकपाको भातृ संस्था युवा संघका अध्यक्ष प्रताप रोका सहित ५३ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसको अर्मनमा भएको कार्यक्रममा पूर्व माओवादीबाट वडा उदस्य पदकि उमेद्धार कुमारी मल्ल, युवा संघका अध्यक्ष सहति अन्य ५३ जना नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएको छ । अर्मनको पाखु, हिलबाङ, छिस्वाङ, पिपलबोट, पोक, कर्सिम्ला र खारपानीबाट कांग्रेसमा प्रवेश गरेकालाई कांग्रेसका सभापती खम बहादुर गर्बुजा , मंगला गाउाँपालिका सभापती नरसिंङ खत्री, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, जिल्ला सचिव क्या. मिनबहादुर कार्कीले स्वागत गरेका थिए ।