FLASH NEWS
  • Loading...

दक्षिण कोरियाली अधिकारी मारिएको घटनामा किम जोङ उनले ‘माफी मागे’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१४ पटक पढिएको
दक्षिण कोरियाली अधिकारी मारिएको घटनामा किम जोङ उनले ‘माफी मागे’

उत्तर कोरियाका नेता किम जङ-अनले एउटा घटनामा व्यक्तिगत रूप दक्षिण कोरियासँग क्षमायाचना गरेको सोलले जनाएको छ। उत्तर कोरियाली नेताले बिरलै त्यसरी माफ माग्छन्।

किमले आफ्ना दक्षिण कोरियाली समकक्षी मुन जे-इनलाई एउटा पत्र पठाउँदै उत्तर कोरियाको जलसीमामा छिरेका दक्षिणका एक नागरिकलाई मारिएको “लज्जाजनक घटना” हुनु हुँदैनथ्यो भनेको बताइएको छ। सोलका अनुसार ४७ वर्षीय एक सरकारी कर्मचारीलाई उत्तर कोरियाका सैनिकहरूले फेला पारेपछि गोली हानी मारेका र उनको शव जलाइदिएका थिए।

उक्त घटना सार्वजनिक भएपछि दक्षिण कोरियामा आक्रोश उत्पन्न भएको छ। दुई देशबीचको सीमा कडा सुरक्षा व्यवस्था हुन्छ। उत्तर कोरियाले देशमा कोरोनाभाइरस प्रवेश गर्न नदिने उद्देश्यले “गोली हानेर मार्ने” नीति लागु गरेको अनुमान गरिएको छ।

राष्ट्रपति मुनलाई पठाएको पत्रमा किमले त्यो घटना हुनु हुँदैनथ्यो भनेर स्वीकारोक्ति गरेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

ब्लू हाउसका अनुसार किमले त्यो घटनालाई “लज्जाजनक” भन्दै मुन र दक्षिण कोरियाली जनताको चित्त दुखाएकोमा आफूलाई “धेरै दुःख” लागेको उल्लेख गरेका छन्।

उत्तर कोरियाले उक्त घटनाबारे गरिएको अनुसन्धानको परिणाम पनि सोललाई उपलब्ध गराएको छ। सीमा नाघेर उत्तर कोरियाको जलक्षेत्रमा प्रवेश गरेका तर आफ्नो परिचय नखुलाई भाग्न खोज्ने ती व्यक्तिलाई १० वटाभन्दा बढी गोली हानिएको जानकारी आफूले पाएको दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा हेर्ने निकायका निर्देशक सुह हुनले बताएका छन्।

तर उत्तर कोरियाले ती व्यक्तिको शवलाई नजलाइएको बरु उनीसँग भएको पानीमा नडुब्न प्रयोग गरिने सामग्री जलाइएको दाबी गरेको छ।

“गोली हानेपछि सीमा उल्लङ्घन गरी आएका व्यक्तिलाई खोजीको क्रममा सैनिकहरूले भेट्न सकेनन् अनि रोग रोकथामका लागि लगाइएको राष्ट्रिय सङ्कटकालका उपायअन्तर्गत उनले बोकेको साधन जलाए,” सुहले किमको पत्रलाई उद्धृत गर्दै पत्रकार सम्मेलनमा बताए।

दुई देशबीच सम्बन्ध बिग्रिएको बेला किमले यसरी क्षमायाचना गरेका छन्। अहिले प्योङ्याङ र वाशिङ्टनबीच उत्तर कोरियाको परमाणु कार्यक्रमको विषयमा विवाद हुने गरेको छ।

दक्षिणको रक्षा मन्त्रालयका अनुसार ४७ वर्षीय ती अधिकारी माछा मार्ने मामिला हेर्ने विभागमा कार्यरत थिए। यन्प्युङ टापुनजिकै उत्तर कोरियाको सीमाभन्दा १० किलोमिटर टाढा डुङ्गामा गस्ती गरिरहेको बेला सोमवार उनी हराएका थिए।

जुत्ता छोडेर लाईफ ज्याकेट लगाएर उनले डुङ्गा छोडेको जस्तो देखिएको दक्षिणका अधिकारीहरूले बताएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार उनको भर्खरै पारपाचुके भएको थियो र उनी आर्थिक समस्या थिए। उनका दुई सन्तान छन्।

उनले देश छोडेर भाग्न खोजेको अनुमान गरिएको छ। उत्तर कोरियाको गस्ती टोलीले उनलाई मङ्गलवार दिउँसो ३:३० बजेतिर आफ्नो जलसीमामा लाईफ ज्याकेट लगाएको तर थकित अवस्थामा फेला पारेको सोलको भनाइ छ।

ग्यास मास्क लगाएर उनलाई टाढैबाट सोधपुछ गरियो अनि “एक वरिष्ठ अधिकारीबाट” उनलाई मृत्युदण्ड दिने आदेश आयो। उनलाई पानीमै गोली हानेर मारियो।

त्यसपछि सैनिकहरूले उनको शव जलाइदिएको दक्षिणका अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति मुनले उक्त घटना “स्तब्ध पार्ने” खालको भएको र सहन नसकिने बताए। उनले घटनामा संलग्न दोषीलाई कारबाही गर्न उत्तर कोरियालाई आह्वान गरेका छन्।

“प्रतिरोध नगरेको निरस्त्र नागरिकलाई त्यसरी गोली हानेको र शव जलाएको घटनालाई उत्तरले न्यायोचित ठहर गर्न नसकेको” दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले बताएको छ। अधिकारीहरूले विविध सुराकको विश्लेषण गरिएको बताएका छन्। तर ती सुराकहरू कसरी सङ्कलन गरियो भन्ने स्पष्ट छैन। source – bbc.news/nepali

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल