FLASH NEWS
  • Loading...

इजरायलले नर्स लैजाने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २५९ पटक पढिएको
इजरायलले नर्स लैजाने

इजरायलले पहिलोपटक नर्सिङ क्षेत्रका लागि संस्थागत रूपमा पाँच सय नेपाली लैजाने भएको छ । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहनेछन् । कूल २५ सय जना श्रमिक लैजाने नीतिअनुरुप इजरायलले पाँच सय नेपालीलाई अवसर दिन लागेको हो । यसका लागि नेपाल र इजरायलबीच श्रम सम्झौता गर्ने सहमति जुटेको छ ।

यो सहमतिसँगै स्याहारसुसार केन्द्र (केयर सेन्टर) मा नेपाली श्रमिक जाने बाटो खुलेको छ । यसअघि घरमै बस्ने गरी केयर गिभरका रूपमा नेपालीलाई लगिएको थियो । अब अस्पतालको काममा लैजान लागिएको हो । इजरायलस्थित नेपाली दूतावासका अनुसार यससम्बन्धी सम्झौतामा असोज १४ गते नेपालका तर्फबाट राजदूत अन्जना शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्खेनाजीबीच हस्ताक्षर हुनेछ । शाक्यलाई श्रम सम्झौतामा हस्ताक्षर गर्न मन्त्रिपरिषद्को बैठकले अख्तियारी दिइसकेको छ ।

‘नर्सिङ क्षेत्रमा २५ सय श्रमिक लैजाने इजरायलको नीति छ । त्यसमा नेपालबाट ५ सय जना लैजान लागिएको हो,’ श्रम सम्झौताको तयारी बैठकको नेतृत्व गरेका परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले कान्तिपुरसँग भने, ‘तत्कालका लागि संस्थागत रूपमा केयर गिभर पठाउने सहमति भए पनि आवश्यकताअनुसार अन्य क्षेत्रमा पनि श्रमिक पठाउने वातावरण बनेको छ ।’

इजरायलको श्रमिक भर्ना प्रक्रियामा निजी क्षेत्रलाई सामेल गरिएको छैन । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले दुवै देशको सरकारी संयन्त्रमार्फत नै श्रमिक पठाउने सहमति भएको बताए । ‘श्रमिक छनोट प्रक्रिया सरकारी संयन्त्रबाटै हुनेछ । यसका लागि इजरायली पक्षले विभागलाई जिम्मेवारी प्रदान गरेको छ,’ सम्झौता प्रक्रियामा सहभागी रहेका दाहालले भने ।

इजरायलले पठाएको मागपत्रका आधारमा विभागले नै रोस्टर (श्रमिकको सूची) तयार गरेर अनुमतिका लागि मात्रै इजरायल पठाउनेछ । ‘छनोटको मापदण्डबमोजिम सूचना प्रकाशन गर्छौं । सर्ट लिस्टमा परेकालाई अन्तर्वार्ता लिई रोस्टर तयार गर्छौं । त्यसरी छनोट भएकाको सूची इजरायल पठाउनेछौं । उनीहरूले अनुमति दिएपछि हामी श्रमस्वीकृति दिनेछौं,’ उनले भने ।

एसएलसी उत्तीर्ण गरी १५ महिने स्वास्थ्य सेवासम्बन्धी अध्ययन गरेका वा १२ कक्षा उत्तीर्ण भई तीनमहिने केयर गिभरसम्बन्धी तालिम लिएका अंग्रेजी बोल्न सक्नेले इजरायलका लागि आवेदन दिन सक्नेछन् । ‘धेरै छिटो श्रमिक लैजान इजरायल आतुर देखिन्छ । श्रमिक छनोट प्रक्रियाको कार्यविधि पारित हुनासाथ भर्ना प्रक्रिया अगाडि बढ्छ । यो काम एक महिनाभित्रै सुरु हुने सम्भावना छ,’ उनले भने । इजरायल जाने सबै खर्च भने श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । स्वास्थ्य परीक्षण, कल्याणकारी शुल्क, बिमा, टिकटलगायतको खर्च श्रमिकले नै व्यहोर्नुपर्ने दाहालले बताए । ‘यसका लागि एक लाख रुपैयाँभन्दा बढी लाग्ने देखिँदैन,’ उनले भने । सरकारी प्रक्रियामार्फत भर्ना प्रक्रिया हुने कोरिया जाने श्रमिकले पनि लागत खर्च आफैं व्यहोर्नुपर्छ । कोरिया जानेको लागत खर्च झन्डै ८५ हजार रुपैयाँ आउँछ ।

‘तलब मासिक १५ सय डलर प्राप्त हुनेछ । त्यसमा खाना र आवासबापतको ३ सय १० डलर कट्टा हुनेछ,’ उनले भने, ‘तलबलगायत अन्य सेवासुविधा पाउने सुनिश्चित गरिएको छ ।’

केयर गिभरका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा यसअघि म्यानपावर कम्पनीले नै श्रमिक पठाउँदै आएका थिए । श्रमिकसँग ९ लाख रुपैयाँसम्म असुल गरिएको भेटिएपछि सन् २००९ बाट म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउन रोक लगाइएको थियो । सरकारी प्रक्रियामार्फत सन् २०१५ को अगस्टदेखि पाइलट प्रोजेक्टका रूपमा केयर गिभर लैजान थालिएको थियो । संसदीय समितिले श्रम सम्झौता नभएसम्म घरेलु श्रमिक नपठाउने निर्णय गरेपछि २०७३ चैत २२ देखि केयर गिभरसमेत पठाउन बन्द गरिएको थियो । त्यसपछि पाइलट प्रोजेक्ट सफल हुन सकेन । हाल इजरायलमा तीन हजार नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । source-ekantipur.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र