- Loading...
कतार, कुवेत र साउदीको रियादमा पनि नियमित उडान हुने
- पुनहिल डट कम
- ४ साल अघि
- १७९ पटक पढिएको

आगामी १ अक्टोबर (असोज १५ गते) देखि कतार, कुवेत र साउदीको रियादबाट पनि नियमित उडान हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले १ अक्टोबरबाट दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने जानकारी दिए।
नियमित उडान नहुँदा यसअघि यी मुलुकहरुबाट चार्टर्ड उडान मात्र हुँदै आएका थिए । सरकारले पीसीआर परीक्षण सहज नभएको भन्दै ती देशहरुका लागि अनुमति दिएको थिएन।
त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अक्टोबरदेखि २४ तारिखसम्मका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ। नयाँ तालिकाअनुसार नियमति उडानका लागि कतारको दोहाबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अनुमति पाएका छन्। त्यस्तै साउदी अरबको राजधानी रियादका लागि हिमालय एयरलाइन्सले नियमित उडान भर्न अनुमति पाएको छ । कुवेतका लागि भने विदेशी कम्पनी जजीरा एयरलाई काठमाडौं नियमित उडान गर्न अनुमति दिइएको छ।
नयाँ उडान तालिका अनुसार अब दैनिक रुपमा १५ वटासम्म जहाजले उडान भर्नेछन्। तालिकाअनुसार २५ दिनका लागि हप्तामा कूल औसत १०९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ ।
लकडाउनपछि विदेशबाट अहिलेसम्म ७१ हजारभन्दा बढी नेपालीहरु स्वदेश फर्किएका छन्। कोरोना महामारीका कारण रोजगारी गुमाएका हजारौँ नेपाली अझै विदेशमा अलपत्र अवस्थामा छन्। जसले स्वदेश फर्काइदिन माग गर्दै दूतावासहरुमा आवेदन दिएका छन्।
दूतावासले माग गरे अनुसार नेपाल सरकारले जहाज उडाएमा मात्रै श्रमिकहरुको उद्धार गर्न सम्भव रहेकाे राजदूतहरुले बताउँदै आएका छन् । उडान संख्या कम भएपछि विदेशमा रहेका ट्राभल एजेन्सीमा टिकट खरिद गर्न भिडभाड बढ्न थालेको छ । जहाज अप्रायप्त भएपछि त्यसैको मौका छोपेर अहिले टिकटमा कालोबजारी गर्नेहरुको पनि बिगबिगी बढेको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
