FLASH NEWS
  • Loading...

विश्वभर कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ६५ हजार नाघ्यो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८९ पटक पढिएको
विश्वभर कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ६५ हजार नाघ्यो
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड १२ लाख ४० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ५४ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख ६५ हजार ६५ पुगेको छ । हालसम्म २ करोड २८ लाख ३५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख ४ हजार ७८६ पुगेको छ । यहाँ हालसम्म २ लाख ४ हजार ११८ हजार जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म ५४ लाख ८७ हजार ५८० संक्रमित हुँदा ८७ हजार ९०९ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ४५ लाख ४४ हजार ६२९ जना संक्रमित हुँदा १ लाख ३६ हजार ८९५ जनाको मृत्यु भएको छ । रुसमा ११ लाख ३ हजार ३९९ संक्रमित हुँदा १९ हजार ४१८ जनाको मृत्यु भएको छ । पेरुमा ७ लाख ६८ हजार ८९५ जना संक्रमित हुँदा ३१ हजार ३६९ जनाको मृत्यु भएको छ ।
कोलम्बियामा ७ लाख ६५ हजार ७६ संक्रमित हुँदा २४ हजार २०८ जनाको मृत्य भएको छ । मेक्सिकोमा ६ लाख ९७ हजार ६६३ जना संक्रमित हुँदा ७३ हजार ४९३ को मृत्यु भएको छ । साउथ अफ्रिकामा ६ लाख ६१ हजार २११ जना संक्रमित हुँदा १५ हजार ९५३ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ६ लाख ५९ हजार ३३४ पुगेको छ भने ३० हजार ४९५ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिनामा ६ लाख ३१ हजार ३६५ संक्रमित हुँदा १३ हजार ५३ जनाको मृत्यु भएको छ । फ्रान्समा ४ लाख ५२ हजार ७६३ संक्रमित हुँदा ३१ हजार २८५ जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख ४६ हजार २७४ जना संक्रमित हुँदा १२ हजार २८६ को मृत्यु भएको छ । इरानमा ४ लाख २२ हजार १४० जना संक्रमित हँदा २४ हजार ३०१ जनाको मृत्यु भएको छ ।
यता, बेलायतमा हालसम्म ४१ हजार ७७७ जनाको मृत्यु भएको छ भने ३ लाख ९४ हजार २५७ जना संक्रमित रहेका छन् । बंगलादेशमा हालसम्म ३ लाख ४८ हजार ९१८ जना संक्रमित हुँदा ४ हजार ९३९ को मृत्यु भएको छ । साउदी अरबमा ३ लाख २९ हजार ७५४ हजार संक्रमित हुँदा ४ हजार ४८५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख ६ हजार ३०४ संक्रमित हुँदा ६ हजार ४२० जनाको ज्यान गएको छ ।
चीनमा पछिल्लो २४ घण्टामा १२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार २९१ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ७८ हजार ६५७ जना संक्रमित हुँदा १ हजार ५०० जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ६४ हजार १२२ जना संक्रमति फेला पर्दा ४६ हजार २३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४११ जनाको भने मृत्यु भएको छ ।