FLASH NEWS
  • Loading...

१४ वर्षकी छोरीलाई निद्राको औषधी खुवाएर आफ्ना प्रेमीबाट बलात्कार गराउने आमा पक्राउ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७५ पटक पढिएको
१४ वर्षकी छोरीलाई निद्राको औषधी खुवाएर आफ्ना प्रेमीबाट बलात्कार गराउने आमा पक्राउ

आफ्नी १४ वर्षकी छोरीलाई एक आमाले रातमा निद्राको औषधी खुवाउँथिन् त्यसपछि आफ्ना प्रेमी बोलाएर रोतीलाई बलात्कार गराउँथिन् । यो सिलसिला करिब एक वर्षसम्म चल्यो । घटना भारतको पंजाबको होशियारपुर जिल्लाको भएको आज तकको समाचारमा जनाइएको छ । किशोरीले पुलिसमा उजुरी गरेपछि पुलिसले आरोपी आमा र उनका प्रेमी अमरजीतलाई पक्राउ गरेको छ ।

किशोरीका अनुसार उनकी आमाको अमरजीत सिंहसँग सम्बन्ध थियो । उनका पिता मजदूरीका लागि घरबाहिर गएपछि अमरजीत घरमा आउँथे । कैयौं पटक आमा पनि अमरजीतलाई भेट्न जान्थिन् । एक–दुई पटक आमाले उनलाई पनि साथमा लिएर अमरजीतलाई भेट्न गएकी थिइन् । त्यतिबेला अमरजीतले उनीसँग पनि अश्लील हर्कत गरेका थिए । उनले यसको विरोध गर्दा आमाले धम्क्याएर चुप गराएकी थिइन् ।

किशोरीका अनुसार त्यसपछि आमाले उनलाई निद्राको औषधी खुवाउन सुरु गरिन् र अमरजीतबाट बलात्कार गराइन् । जब केही शारीरिक समस्या आयो, आमाले फेरि धम्क्याएर चुप गराइन् । अमरजीत एक वर्षदेखि उनलाई बलात्कार गरिरहेका थिए । एक रात उनले खाना खाइनन् र पितालाई सबै कुरा बताइन् ।

छोरीले सबै कुरा बताएपछि पिताले गढशंकर पुलिस चौकीमा उजुरी दिए । पुलिसले नाबालिग किशोरीको बयानका आधारमा उनकी आमा र उनका प्रेमीलाई शुक्रबार पक्राउ गरेको छ । गढशंकर थानाका इन्स्पेक्टर इकबाल सिंहले जानकारी दिँदै किशोरीको उजुरीका आधारमा मुद्दा दर्ता गरेर दुवैलाई गिरफ्तार गरी जेल पठाइएको बताए ।