FLASH NEWS
  • Loading...

सुरत केसी राष्ट्रपतिबाट यशोवर्धक अलङ्कारले विभूषित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७७ पटक पढिएको
सुरत केसी राष्ट्रपतिबाट यशोवर्धक अलङ्कारले विभूषित

|suraj kc

संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले म्याग्दीका मानवीय सेवामा अग्रसर सुरत केसी ‘सुरज सर’लाई ‘अलङ्कार यशोवर्धक’ पदकले विभुषित गरेकी छिन । यस्तो पदक पाउने केसी जिल्लाका पहिलो ब्यक्ति हुन ।

विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै केसीलाई संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अलङ्कार (यशोवर्दक) पदकले विभूषित गरिएको हो । विभुतिष ब्यक्तित्व केसी कोरोना रोकथाम, नियन्त्रणमा मात्र होईन, जिल्लामा हुने आपत विपतमा अग्रस्थानमा रहेर मानवीय सेवामा समर्पित रहँदै आएका छन ।

नेपाल पत्रकार महाँसघ म्याग्दीका पूर्व अध्यक्ष रहिसकेका केसी नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाको उपमन्त्री पदमा क्रियाशिल छन । हाल कोभिड–१९ जिल्ला विपत ब्यवस्थापन समितिको क्वारेन्टाईन ब्यवस्थापनको संयोजक रहेका केसी कोरोना रोकथामका लागि जिल्लामा अग्रपंक्तीमा अहोरात्र खटिएका अगुवा हुन । यशोवर्दक पदकबाट विभुषित केसी जिल्लामा सवैभन्दाबढी रक्तदान गर्ने र जिल्लामा रक्तदान अभियानको मुल अभियन्ता पनि हुन ।

अर्को आत्मको पिडा, दु:खकष्टमा आत्मानुभुतगरी ठूलो प्रेमभावले सानो सहयोग, सेवा, त्याग, सहिष्णुतको प्रर्दशन गर्न सक्नु परोपकारी ह्दय सुरत केसीको विषेशता हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने महानुभावलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको हो । संविधान दिवसका अवसरमा मानपदवी, अलङ्कार र पदक वितरण गरिन्छ ।

सरकारेले शनिवार प्रकाशित गरेको विभिन्न विधामा विभुषितच हुने ब्यक्तिको नामावली टुङ्गो लगाएमध्य अलङ्कार यशोवर्धक’ बाट सुरत केसी र पर्यटन ब्यवसायी लाक्पा पुट्टी शेर्पासमेत दुई जना सम्मानित भएका हुन ।