- Loading...
एकहजार दरको फोटोकपी नोट लिएर सुन किन्न गएपछि…
- पुनहिल डट कम
- ४ साल अघि
- १७१ पटक पढिएको

ललितपुर महानगरपालिका १४ ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बिहीबार बिहान बरामद गरिएको छ। सोही ठाउँस्थित डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार किन्ने बहाना गरी नक्कली नोट दिई बिल समेत नलिई फरा भएका थिए।
त्यसपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले ती नोटहरु बरामदम गरेको महानगरीय प्रहरी ललितपुर परिसरका प्रमुख एसपी टेकप्रसाद राईले जानकारी दिए। प्रहरीले बिल नलिई सुनमात्र लिएर व्यक्तिहरु भागेको खबर पाएपछि प्रहरी सो सुन पसलमा पुगेको उनले बताए। उनले ती व्यक्तिको खोजीसमेत भइरहेको जानकारी दिए। बरामद ५ गड्डीमा ४ सय ६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १–१ थान सक्कली नोट राखेको फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
एसपी राईका अनुसार ती व्यक्तिले स्क्यान गरेका नोटहरु लिएर सुन किनेका थिए। उनले भने, ‘पाँच लाखको गड्डीमा तल र माथि सक्कली नोट राखिएको रहेछ। बीचमा स्क्यान गरेर एकहजार दरका नोट बनाइरहेको छ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
