FLASH NEWS
  • Loading...

‘मेरो सेयर’को एप्स लञ्च, गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३२७ पटक पढिएको
‘मेरो सेयर’को एप्स लञ्च, गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिने

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आज बुधबार ‘मेरो सेयर’ मोबाइल एप्स लञ्च गरेको छ ।

सीडीएससीले दिउँसो नै ‘मेरो सेयर’ एप गुगलको प्लेस्टोरमा राखिएको तर गुगलले अप्रुभ गरेपछि सो एप्स प्लेस्टोरमा देखिने र डाउनलोड गर्न सकिने भएको हो ।

सीडीएससीको ‘मेरो सेयर’ पोर्टलकै फिचर्स समावेश भएको मोबाइल एप आज दिउँसो गुगल प्लेस्टोरमा हालेको र गुगलबाट अप्रुभ भएपश्चात मात्र गुगल प्लेस्टोरमा देखिने सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । ‘हामीले एप दिउँसै हालेका हौं । गुगलले अप्रुभ गर्न कुनै बेला १ घण्टा वा ४–५ घण्टा नै लगाउन सक्ने भएकाले प्लेस्टोरमा अब केहीबेरपछि देख्न सकिन्छ।’–न्यौपानेले बिजशालासँग भने ।

मोबाइल एप गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिने र केही समयपछि मात्र एप्पलको आईओएसबाट पनि डाउन गर्ने सुविधा दिन लागिएको छ । हाल सिडिएसले अनौपचारिक रुपमा यो एप्स लञ्च गरेको हो । १५ दिनजति बजारको प्रतिक्रिया लिएर थप सुधार गरी औपचारिक लञ्च गरिनेछ ।

सीडीएससीको ‘मेरो सेयर’ पोर्टलमा समावेश भएका फिचर्स नै रहेको उक्त एपमा हाल लगानीकर्ताहरुले सीडीएससीको वेबभर्जनमा रहेको सेयर विवरण, पोर्टफोलियो, आइपीओ, एफपीओ तथा हकप्रद सेयर आवेदन, भारित औसत लागत गणना, इडीआइएस जस्ता सु्विधाहरु समावेश छन् ।

गुगल प्लेस्टोरमा ‘मेरो सेयर’ एप्समा सीडीएससीकै लोगो समावेश हुनेछ। प्रयोगकर्ताले युजर नेम र पासवर्ड खुल्नेबित्तिकै हाल ‘मेरो सेयर’मा समावेश भएकै ड्यासबोर्ड खुल्ने बताइएको छ।

मोबाइल एपबाट लगानीकर्ताहरुलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न र सीडीएससीको वेबसाइटमा भार पनि निकै कम पर्ने विश्वास सीडीएससीको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल