FLASH NEWS
- Loading...
बागलुङमा पहिरोले एक जनाको मृत्यु, ५ वटा घर भत्किए
- पुनहिल डट कम
- ४ साल अघि
- २५९ पटक पढिएको

घरमाथिबाट आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ टुनीबोटका ६८ वर्षीय हरिकृष्ण शर्मा पौडेलको मृत्यु भएको छ । पहिरोले टुनीबोटका ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
जिल्ला प्रहरी बागलुङका निरीक्षक हेम केसीका अनुसार सोमबार बिहान साढे ६ बजेतिर आएको पहिरोले ५ घर पुरिएका थिए । सोही क्रममा पौडेल पनि पुरिएर बेपत्ता भएकोमा स्थानीय र सुरक्षाकर्मीले मृत भेटाएका थिए ।
रातभरिको वर्षापछि बिहान पहिरो खसेको थियो । उज्यालो भएकाले स्थानीय भाग्न सफल भएका थिए । यसैगरी पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री, तारादेवी क्षेत्री र मृतक पौडेलको घर पहिरोमा परेका छन् । परिवारजनलाई छिमेकीको आश्रयमा राखिएको छ ।
उक्त स्थानमा आइतबार पनि पहिरोले घर पुर्दा ६० वर्षीया महिलाको मृत्यु भएको थियो भने तीन घर भत्काएको थियो । ekantipur.com
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
