FLASH NEWS
  • Loading...

सीडिएससीको मोबाइल एप बुधवार लन्च हुने, एपबाटै शेयर भर्न र ईडिआएस गर्न सकिने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११८ पटक पढिएको
सीडिएससीको मोबाइल एप बुधवार लन्च हुने, एपबाटै शेयर भर्न र ईडिआएस गर्न सकिने

केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी)ले बुधवार मोबाइल एप लन्च गर्ने भएको छ। बुधवार पहिलो पटक सर्वसाधारणमा परीक्षणको लागि खुला गर्न लागिएको सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए।

“बुधवार हामी सर्वसाधारणमा परीक्षणको लागि खुला गर्दैछौँ,” आचार्यले भने। केही दिनको परीक्षण पछि नियमित रुपमा एपबाट सेवा प्रवाह हुने बताइएको छ। लगानीकर्ताको सहजताका लागि एप्स बुधवारदेखि सर्वसाधारण प्रयोगमा ल्याउन लागिएको हो।

पछिल्लो समय विकास गरिएको नयाँ एपमा मेरो शेयर र सीडिएससिको वेबसाइटमा भएको सबै फिचर समावेश हुनेछ। एपबाटै सर्वसाधारणले प्राथमिक शेयरमा समेत आवेदन गर्न सक्नेछन् भने इडिआइएस समेत त्यहीबाट पठाउन सकिने सीडिएससिले जनाएको छ।

उक्त फिचर समावेश भएपछि सर्वसाधारणलाई मोबाइलबाटै सबै कुरा चलाउन सजिलो हुनेछ। पछिल्लो समय शेयर आवेदनमा देखिएको समस्या समेत करिब करिब समाधान हुने बताइएको छ। विकसित मोबाइल एप सर्वसाधारणले एन्ड्रोइड र एप्पल दुवै मोबाइलमा चलाउन सक्नेछन्। सर्वसाधारणले आफूलाई उपयुक्त हुने एप स्टोरबाट डाउनलोड गर्न सकिने सीडिएससिको भनाइ छ।