FLASH NEWS
  • Loading...

कालिज फार्म पसेको चितुवालाई डार्कगरी चितवन लगियो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४४२ पटक पढिएको
कालिज फार्म पसेको चितुवालाई डार्कगरी चितवन लगियो

फोटो सौजन्य : किरण कुँवर, प्रमुख, जिल्ला प्रहरी कार्यालय, म्याग्दी

बेनी नगरपालिका, ४ सिङ्गा स्थित कालिज फार्ममा पसेको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको टिमले शुक्रवार राती डार्कगरी (वन्दुकले वेहोस वनाउने सुई हानी) वेहोस बनाई चितवन लगेको छ ।
हरियाली ग्रुप प्रालिले पालेको ४ सयबढी चार महिना पुगेका कालिज फार्ममा पसेको चितुवा फलामे तारवार र नाईलन जालीबाट बाहिर निक्लन नसकेपछि चितवनबाट डार्क टोली झिकाई चितुवालाई बाहिर निकालिएको हो ।
‘शुक्रवार राती नै चितवनबाट डार्क टोली आई कालिज फार्म भित्र रहेको चितुवालाई डार्कगरी राती नै आफैले लिएर गएका छन’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘जिल्लामा हामीसँग समवन्यय भएन । स्थानीय प्रहरीले डार्क टोलिले नै चितुवा गाडीमा राखेर लगेको र कहाँ पुर्‍याई कसरी छोडियो जानकारी छैन ।’


संभवन बाहिर खेतबाट जम्पगरी आकासमा चरा पस्न नदिन लगाईएको नाईलन जालीमा पुगेको र च्यातेर फार्म भित्र पसेको अनुमान छ । तारजालीले भित्र रहेको चितुवा बाहिर निक्लन पटक–पटक तारमा ठोक्किने र चिथोर्ने प्रयास गर्दा घाईते भएको थियो ।

‘टोलीले शुक्रवार राती ११ बजे डार्कगरी चितुवा आफैले लगेर गएका हुन । कहाँ लगे थाहा भएन’  हरियाली समुहका निर्देशक शेरवहादुर केसीले भने, ‘भर्खर फार्म भित्र पसेर मरेका कालिज गणना गर्दैछौं । ५१ वटा मरेका भेटिए, कति खायो खुलेको छैन, खुल्ला भएकोले गन्न सजिलो छैन, अनुमानगरी क्षति विवरण निकाल्ने हो ।’

शुक्रवार दिनभरी फार्म भित्र चितुवा बसेकोले भित्र के कति क्षति पुग्यो यकिन हुन सकेको थिएन । दुई वटा काजिल फामर् मध्य चल्ला भएको भागमा चितुवा पसेको हरियाली ग्रुपले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र