FLASH NEWS
  • Loading...

८५ वर्षका पूर्व धर्मगुरु पोर्नस्टार बने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०२ पटक पढिएको
८५ वर्षका पूर्व धर्मगुरु पोर्नस्टार बने

अवकाश प्राप्त पादरी नर्म शेल्फले ८५ वर्षको उमेरमा पोर्नस्टारको बनेर जीवनको मजा लिइरहेका छन् । उनले २ वर्षको अवधिमा ४ वटा पोर्न फिल्म बनाएका छन् । यी पूर्व पादरीले यसरी अचानक पेशा बदलेपछि मानिसहरु आश्चर्यचकित भएका छन् । नर्म शेल्फ अमेरिकाको नर्थ क्यारोलिनाका हुन् । रोचक त के भने उनले यसरी पोर्न फिल्म खेलेवापत पैसा समेत लिँदैनन् ।

मिररको रिपोर्टअनुसार उनलाई उनका एक साथीले एडल्ट फिल्ममा खेल्ने प्रस्ताव दिएका हुन् । आफ्नो बारेमा मानिसहरुले के सोच्छन् भन्ने कुराले आफूलाई कुनै फरक नपर्ने उनले बताएका छन् । पूर्व पादरीको जीवनकथा अमेरिकाको च्यानल ५ को डकुमेन्ट्री फिल्ममा देखाइनेछ । च्यानलले एडल्ट फिल्म उद्योगका विषयमा एक डकुमेन्ट्री बनाएको छ जसमा नर्मको बारेमा पनि देखाइएको छ ।

नर्मका अनुसार उनले यी फिल्म खेलेवापत कुनै पैसा लिएका छैनन् । उनका एक साथीले प्रस्ताव गरेपछि उनले यो फिल्म खेलेका हुन् । फिल्म खेलेपछि मानिसहरुले आफूलाई चिन्न थालेको उनले बताएका छन् । मानिसहरुले आफूलाई पार्टीहरुमा बोलाउन थालेको उनले बताए । यी फिल्ममा काम गर्न थालेपछि आफूभित्र छुट्टै किसिमको आत्मविश्वास आएको उनले बताएका छन् । भगवानले आफूलाई अझै १० वर्ष दिए यो उद्योगमा आफूले अझै धेरै कुरा गर्न सक्न्े उनले बताएका छन् ।

नर्मका अनुसार उनको बिहे २८ वर्षको उमेरमा भएको थियो । तर, पछि उनलाई लाग्यो कि सम्भवतः उनी समलिंगी हुन् । नर्मका अनुसार उनी आफ्नी पत्नीसँग छुट्टिइसकेका छन् । अहिले उनी एक पुरुषको साथमा बस्छन् जसलाई उनी हाउसमेट भन्छन् । नर्मका अनुसार पोनृ उद्योगमा जानुभन्दा पहिले उनी चर्च र यसको सिद्धान्तबारे सोच्थे तर अहिले सोच्दैनन् । आफूले गरिरहेको कामबारे विश्वभरका मानिसहरुले अनेक गलत धारणा बनाएको बताउँदै उनी आफूले सबैलाई बदल्न नसक्ने बताएका छन् । source-dcnepal.com