FLASH NEWS
  • Loading...

सडकका गहना : सुन्दर झरना

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३२३ पटक पढिएको
सडकका गहना : सुन्दर झरना

सडकमा दिनभर यात्रा गर्दा शरिर सिथिल बन्छ । अझ सडक किनाराको दृष्य उजाड भयो भने झन मन पनि विरक्त वन्छ । जथाभावी भौँतारिदा आनन्द हुँदैन । मनलाई नयाँपन, अनुभव चाहिन्छ ।


सडक वारीपारीका झरनाहरुले अप्ठ्यारो यात्रालाई विर्साई दिन्छन । मनलाई आनन्द दिन्छन । आँखाले देखेको दृष्य र मनले गरेको अनुभवले मनमा आनन्द मिल्छ । यात्रा रोमान्चक वन्छ ।


कोरोना भाईरसको महामारीले विश्व त्रस्त छ, मान्छेका गोडा घरमै रोकिएका छन । बाटामा न पैदलयात्रु छन, न सडकमा गाडीका यात्रु । र पनि सडक छेउका यी झरना निरन्तर झरीरहेका छन ।

पर्यटकिय महत्व राख्ने यी झरनाहरु पदयात्रामा सितलता ताप्ने विसौनी मात्र होईन, सडकका गहना पनि हुन ।

बेनी–जोमसोम सडकमा सवैभन्दा आकर्षक झरना हो, रुप्से । धौलागिरी र अन्नपुर्ण हिमश्रृखला विचको ६ हजार ९ सय ६७ मीटर गहिरो खोंच जस्लाई संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’मा अवस्थित रुप्से यसपाला रुप्से वौलायो र आफ्नो स्वरुप फेरेको छ । कालीगण्डकी करिडोरमा अवस्थित अर्को सुन्दर झरना हो, नारच्याङ छहरा ।

अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ लेकगाउँबाट बेंशी गाउँमा झर्ने नारच्याङ छहरा अर्को आकर्षक झरना हो । नारच्याङ छहरामा साहसिक जलखेल क्यानुईङ्ग गर्न सकिन्छ । बाह्ै महिना उत्रै र उस्तै देखिने नारच्याङ झरनामा साँझ सूर्यको अस्ताउँदो प्रकाश पर्दा सप्तरङ्गी इन्द्रेणी पर्दा अझ मनमोहक देखिन्छ ।


बेनी–जोमसोम सडकको तिप्ल्याङ्ग–भीरकाटे खण्डमा पर्ने महभीर झरना अर्को सुन्दर झरना हो । झरनालाई बेनी–जोमसोम चल्ने सवारी साधानबाट समेत सजिलै दृष्यावलोकन गर्न सकिन्छ ।

पश्चिम धौलागिरी गाउँपालिका, २ लुलाङमा पर्ने लुलाङ छहरा सुन्दर र आकर्षक छ । गुरिल्ला पदमार्गले परिचित बेनी–ढोरपाटनहुँदै रुकुम, रोल्पा र उपल्लो डोल्पा क्षेत्रमा पुग्न सकिने यस पदमार्गमा लुलाङ्ग झरना पर्दछ ।


धौलागिरी गाउँपालिका, ४ मुदीमा पर्ने धौलागिरी पदमार्गमा दर्जनबढी झरना अवस्थित छन । मुदी बगरास्थित तातोपानी झरना र धौलागिरीको इटली वेस क्याम्प छेउको नौ तले झरना यस पदमार्गका सवैभन्दा आकर्षक र मनमोहक झरना हुन ।

यी उदाहरण केही प्रतिनिधी झरना हुन । सदरमुकाम नजिकैको कोप्रे झरना पनि बर्खायाममा युवायुवतीको डेटिङ जाने छोटो गन्तब्य बन्ने गरेको छ ।