FLASH NEWS
  • Loading...

अमेरिकामा कोरोनाले अहिलेकोभन्दा खराब अवस्था ल्याउने प्रक्षेपण

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२८ पटक पढिएको
अमेरिकामा कोरोनाले अहिलेकोभन्दा खराब अवस्था ल्याउने प्रक्षेपण

युनिर्भसीटी अफ वासिङटन अन्तर्गत रहेको इन्स्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन(आईएचएमइ) का अनुसार यो वर्ष अमेरिकामा कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ४ लाख १० हजार पार हुने छ ।

जोन हपकिंग्स युनिर्भसिटीको आँकडा अनुसार अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ८ सय पुगिसकेको छ । ह्वाइट हाउसका सरकारी अधिकारीहरुले मान्यता दिइसकेको आईएमएमइको मोडल अनुसार अमेरिकामा अर्काे वर्षको जनवरी १ सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या दोब्बर हुनेछ र राज्यहरुले प्रतिबन्धहरुलाई खुकुलो बनाउने हो र जनताले पनि स्वास्थ्य निर्देशिकाहरुलाई पालना नगर्ने हो भने यो संख्या ६ लाख २० हजारसम्म पुग्न सक्नेछ ।

“अमेरिकामा अहिलेको भन्दा खराब अवस्था आउनै बाँकी छ । मलाई लाग्दैन यदि अमेरिकामा यति संख्यामा मृत्यु भयो भने त्यो आश्चर्र्य हुनेछ । ” आईएचएमईका निर्देशक डाक्टर क्रिस्टोफर मुर्राेले भने ।

तर जुन महिनामा आईएचएमइले अक्टोबरसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख पुग्ने जनाएको थियो । जुन संख्या अहिले लगभग अनुमानित संख्या नजिक रहेको छ । तथापि केही गणित विज्ञ र महामारी रोग विज्ञहरुले आइएचएमईले भविष्यका लागि गरेको अनुमानको विरोध गरेका छन् ।

आइएचएमईले यसअघि कोरोनाबाट अमेरिकामा डिसेम्बर १ सम्म ३ लाख १७ हजार ६९७ जनाको मृत्यु हुने प्रक्षेपण गरेको थियो । आइएचएमइको मोडल अनुसार डिसेम्बर महिनामा अमेरिकामा प्रतिदिन ३ हजार जनाको मृत्यु हुनेछ । जोन हपकिंन्सको आँकडा अनुसार अहिले अमेरिकामा कोरोनाबाट प्रतिदिन ८०० जनाको मृत्यु भइरहेको छ ।