FLASH NEWS
  • Loading...

चीनसँगको विवादित क्षेत्र गलवानमा भारतले खटायो ३६ सय गोर्खा सैनिक

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३५ पटक पढिएको
चीनसँगको विवादित क्षेत्र गलवानमा भारतले खटायो ३६ सय गोर्खा सैनिक

भारत सरकारले चीनसँगको विवादग्रस्त सिमानामा फेरि नेपालीहरु सम्मिलित भारतीय सेनाको गोर्खा रेजिमेण्टलाई खटाएको बुझिएको छ। भारतीय नागरिकमात्र भएको विहार रेजिमेण्टका सन्तोष बाबु यादव नाम गरेका कर्णेलसहित २० जना भारतीय सैनिकहरु मारिएको केही समयपछि गलवानमा गोर्खा सैनिकका तीनवटा बटालियन नै खटाइएको छ।

यी बटालियनहरुलाई एक एक गर्दै त्यहाँ पठाइएको हो। गोर्खा फौजको एक बटालियनमा १२ सयको संख्यामा सैनिकहरु कार्यरत छन्। यस हिसावले ३६ सय सैनिकहरु भारत र चीनको सीमा गलवान क्षेत्रमा अहिले खटाइएको छन्।

हाल भारत चीन विवादित गलवान क्षेत्रमा अधिकांश नेपाली नागरिकहरु भर्ती भएका गोर्खा बटालियनलाई खटाइएको स्रोतले जनाएको छ। बटालियनहरुका मुख्य कमाण्डर भने भारतीयहरु नै छन्। ती बटालियनहरुमा नेपालका पश्चिम, मध्यपश्चिम र सुदूर पश्चिम क्षेत्रमा स्थायी बसोवास भएका युवाहरु भर्ती गरिएका छन्।

केही दिनअिघमात्र यो क्षेत्रमा खटिएका नेपाली मूलका दीक्षान्त थापाको मृत्यु भएको छ। उनी गोर्खा फौजमा मेजर दर्जामा कार्यरत रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। दीक्षान्तका पिता समेत भारतीय फौजमा कार्यरत रहेको बताइन्छ।

नेपालमा गोर्खा भर्तीबारे बहश भइरहेको बेला भारतले चीनसँग विवादग्रस्त क्षेत्रमा गोर्खा सैनिक खटाएको हो। भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भूमि मिचेर आफ्नो नक्सामा पारेको विरोधस्वरुप आफ्नो भूमि समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतका बीचको सम्बन्धमा ठूलो दरार आएको छ।

भारतले नेपाली भूमि मिचेर नेपाल र नेपालीविरुद्ध हेपाहा प्रबृत्ति देखाएकोमा नेपालमा भारतविरोधी भावना तीब्र गतिमा बढेको छ। गलवान क्षेत्रबाट नेपालमा रहेका बुवा, आमा, श्रीमती र छोराछोरीहरुसँग कुराकानीका लागि टेलिफोन गर्न रुटिनअनुसार पाइए पनि सामाजिक सञ्जाल ह्वाट्सएप, फेसबुक र म्यासेन्जर चलाउन पूर्णतया प्रतिबन्ध लगाइएको छ।

नेपालमा गोर्खा भर्तीबारे चर्चा भइरहेको र नेपालका परराष्ट मन्त्री प्रदीप ज्ञवालीले गार्खा भर्तीबारे पुनर्विचार गरिनुपर्ने धारणा राखेको सन्दर्भमा सैनिकहरुमा मनोबैज्ञानिक असर पर्न सक्ने कारण सामाजिक सञ्जालहरु चलाउन प्रतिबन्ध लगाइएको बताइएको छ।

आफ्नो भूमि मिच्ने भारतको भूमि रक्षाका लागि छिमेकी देश चीनसँग लडाईं गर्न र ज्यान जोखिममा किन पार्ने भन्ने भावनाले गार्खा रेजिमेण्टमा कार्यरत सैनिकहरुमा निराशा आउने जोखिमका कारण पनि उनीहरुलाई सामाजिक सञ्जालको प्रयोगमा रोक लगाइएको हुनसक्ने स्रोतको दावी छ।

नेपाली नागरिक र नेपाली मूलका युवाहरुसमेत गरी भारतीय सेना र भारतका अन्य सुरक्षा फौजमा गरी ७० हजारको संख्यामा कार्यरत छन्। यीमध्ये अधिकांश फौजीहरुलाई भारत र पाकिस्तानको विवादग्रस्त सीमा र अन्य द्वन्द्वग्रस्त इलाकाहरुमा खटाइदै आएको छ।

चीनसँग भारतको सामान्य हानाहान नै मात्रै भयो भने पनि गलवान क्षेत्रमा बग्ने रगत नेपाली युवा वा नेपाली मूलका भारतीयको हुने निश्चित छ। त्यसो त धेरै नेपालीहरु युवाहरु भारत पाकिस्तान तनावमा हुने गोलाबारीमा ज्यान गुमाउनेमा पर्दै आएका छन्। source-dcnepal.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र