FLASH NEWS
  • Loading...

ढोरपाटन बाढीपहिरो : ११ को शव भेटियो, २५ जना सम्पर्कविहीन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४९ पटक पढिएको
ढोरपाटन बाढीपहिरो : ११ को शव भेटियो, २५ जना सम्पर्कविहीन

बागलुङको ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा बुधबार राति आएको बाढीपहिरोमा ११ जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बिहीबार दिउँसो साढे ११ बजेसम्म ११ जनाको शव घटनास्थल र खोलाका किनारहरूमा भेटिएको बताए । पहिरोले पुरेको बस्तीका २५ जना सम्पर्कविहीन रहेको र उनीरू पहिरोमै परेका हुन्/होइनन् भन्ने यकिन भइनसकेको उनले जानकारी दिए ।
बुधबार राति १२ बजेदेखि खसेको पहिरोले यहाँका ४० घरमा क्षति पुगेको छ । अधिकांश घर बगेका छन् भने कतिपय पुरिएको देखिएको घटनास्थल पुगेका ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । पहिरो खोलामा मिसिएपछि आएको बाढीले सडक, झोलुंगेपुल र खानेपानीका मुहानसमेत क्षतविक्षत बनाएको छ । एक विद्यालयको भवनमा क्षति पुगेको छ ।
घटनाको जानकारी पाएपछि गएको प्रहरीको टोलीले बिहान साढे सात बजेदेखि उद्धार थालेको थियो । स्थानीय बासिन्दा, नेपाली सेनासमेत पहिरो पन्छाउन खटिएका छन् । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार अहिलेसम्म मृतकमध्ये २६ वर्षीया केशमाया विकको मात्र पहिचान भएको छ । अन्यको सनाखत भइसकेको छैन । टोलीले घटनास्थलबाट ४ घाइतेको उद्धार गरेको छ ।घटनास्थल सदरमुकाम देखि १ सय ३० किमी पश्चिममा पर्छ । पहिरो खसेको थाहा पाएर पनि रातभर फोन र विद्युत् अवरुद्ध भएकाले उद्धार गर्न कठिनाइ भएको स्थानीय फूलमाया पुनले बताइन् । उनीहरूले प्रहरी र बजार क्षेत्रमा रहेका मानिसलाई घटनाबारे जानकारी गराएका थिए । जिल्ला प्रहरीका नायब उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार उद्धारका लागि थप जनशक्ति पठाइए पनि बुर्तिवाङदेखि माथिल्लो खण्डमा सडक क्षतविक्षत भएकाले सहजै जान नसक्दा ढिलाइ भएको छ । कतिपय मानिस जान नसकेर फर्केका छन् ।
भुजी खोलाले बगाएर ल्याएका शव बुर्तिवाङ बजार र बडिगाड खोलासम्म पनि भेटिएको स्थानीयले बताए । उद्धारका लागि नेपाली सेनाले अर्जुनबाण गणबाट पनि टोली खटाएको गणपति मिलनध्वज खाँडले बताए । पहिरो खसेको स्थान ढोरपाटन–सालझन्डी सडक खण्डमा पर्छ ।
बाढीपहिरोमा परेकाहरुको नामावली
१. ढोरपाटन नगरपालिका– ९ द्वाल बस्ने बर्ष २०।२२ क जीवन बिक ।
२. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष २३।२४ क नारायण बिक ।
३. ढोरपाटन नगरपालिका– ९ बस्ने नारायण बककी श्रीमती बर्ष २०।२१ का टेकमाया बिक ।
४. नारायण बिककी छोरी बर्ष १ की नाम नखुलेकी बालिका ।
५. ढोरपाटन नगरपालिका– ९ बस्ने बर्ष १५।१६ कि मनिषा बिक ।
६. ढोरपाटन नगरपालिका– ९ घट्टेचौर बस्ने बर्ष २८ कि शनि बिक ।
७. शनि बिकका छोरा बर्ष ९।१० को रोशन बिक ।
८. उनकै छोरा बर्ष ४।५ को रवि बिक ।
९. नाम नखुलेका १५ दिनका वच्चा १ जना ।
१०. बर्ष २५।२६ कि मन कुमारी बि।क। ।
११. बर्ष २५।२६ कि केशमाया बिक ९ शव फेला परेको ० ।
१२. बर्ष २९।३० को प्रेम पुन ।
१३.  बर्ष २०।३० कि कुमारी बिक ।
१४. बर्ष १४।१५ का समुन्द्र बिक ।
१५.  बर्ष १०।१२ कि पुनम बिक ।
१६. बर्ष ३०।३१ का जीत बहादुर घर्ती ।
१७. बर्ष ४३।४४ का राजु घर्ती ।
१८. बर्ष ३५।३६ कि करमती बुढा ।
१९. बर्ष ३५।३६ कि रिना कुमारी घर्ती ।
२०. बर्ष २०।२२ कि दिलमया पुन ।
२१. निजको छोरी बर्ष ३।४ कि प्रकृति पुन ।
२२. स्ने बर्ष ६०।६१ कि डोटी पुन ।
२३.  बर्ष ३५।३६ की हेम बहादुर बिक ।
२४. बर्ष ३४।३५ कि उजेली बिक ।
२५. छोरा बर्ष ८।९ का दलु बिक ।
२६.  बच्चा १० महिनाको नाम नखुलेको ।
२७.  बर्ष ४०।४१ का कर बहादुर बिक ।
२८. बर्ष ३७।३८ कि हस्तमाया बिक ।
२९.  बर्ष ६०।६५ कि तुलमती घर्ती ।
३०. बर्ष ५५।५६ कि कौशिला पुन ।
३१. निजको छोरा बर्ष २०।२१ का विशाल पुन ।
३२.  बर्ष २५।२६ कि धनमाया बिक ।
३३. निजको छोरा बर्ष २।३ को नाम नखूलेको बालक ।
३४. बर्ष नखुलेको बिरे बिक का श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार ।
३५. जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका बर्ष २४।२५ को नबिन भण्डारी ।
३६. जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र बर्ष नखुलेका अन्य ३ जना ।
फेला पारेको शबहरू
१. ढोरपाटन नपा– ३ भुजिखोला किनारमा अन्दाजी ३०र३२ बर्षको पुरुष ब्यक्तीको कम्मर भन्दा माथिको भाग मात्र फेला परेको ।
२. ढोनपा ५ बुडाथोक स्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा बर्ष अन्दाजी ३०।३५ को पुरूष व्यक्ति शव फेला परेको ।
३. बडिगार्ड गा.पा. ५ बालुवा स्थितमा बर्ष अन्दाजी ४० को महिलाको शव फेला परेको ।
४. बडिगार्ड गा.पा. ५ बालुवा स्थितमा महिलाको बाया खुट्टा मात्र फेला परेको ।
५. बडिगार्ड गा.पा. ७ खोप्चेमा बर्ष अन्दाजी १२।१३ को बालकको शव फेला परेको ।
६. ढोरपाटन न.पा. २ चुरेलाबासमा बर्ष २०।२२ को महिलाको शव भेटिएको ।
७. ढोरपाटन न.पा.५ पेङखोला स्थितमा बर्ष अन्दाजी १२।१५ की बालिका मृत अबस्थामा फेला परेकी ।
८. गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ५ झक्कले स्थित बडिगार्ड खोलाको बिच बगरमा बर्ष अन्दाजी ३५।४० को महिलाको शव फेला परेको ।
९. बागलुङ, ढोरपाटन १ बुर्तिबाङ स्थित बडिगार्ड खोलामा बर्ष अन्दाजी १२।१३ को बालकको शव फेला परेको ।
१०. गुल्मी जिल्लाको मुसिकोट नगरपालिका २ वामी चित्रिङ स्थित बडिगार्ड खोलाको बिच बगरमा बर्ष अ। २५।३० को महिलाको शव टाउको र दाहिने हात नभएको अवस्थामा फेला परेको ।
११. गुल्मी जिल्ला चन्द्रकोट गाउपालिका ८ तिनसिमलस्थित बडिगार्ड खोलाको किनारमा टाउको फुटेको ढुङ्गाले च्यापिएको अवस्थामा अन्दाजी २ बर्ष जतिको बालकको शव देखिएको ।
१२. बागलुङ ढोरपाटन नगरपालिका ९ भट्टेचौर बस्ने बर्ष २६ कि केशमाया बिक घर नजिकै खोला किनारमा शव भेटिएको ।
१३ बेपत्ता मध्येका अर्का एक जनाको शव भेटिएको ।
घाईतेहरू
१. जिल्ला बागलुङ ढोरपाटन न.पा. ९ दुनेपोखरा बस्ने बर्ष १५ को महेन्द्र पुन शरीरमा र टाउकोमा चोट अबस्था गम्भिर ।
२. सोही ठाउँ बस्ने बर्ष २८ की सरीता घर्ती दुबै खुट्टामा चोट अबस्था मध्यम ।
३. सोही बस्ने बर्ष ४२ को धर्मेन्द्र पुन दुबै खुट्टामा चोट अबस्था मध्यम ।
४. सोही ठाउँ बस्ने बर्ष ५४ की बेलमती पुन दुबै हातमा चोट अबस्था सामान्य ।
कुल बेपत्ता मानिस ४१ जना, ३१ घर भत्केको, १ लाकुरीबोट स्वास्थ्यचौकी को भवन १ , जनचेतना प्रा।वि। को ४ कोठे भवन १, सरस्वती प्रा।वि को २ कोठे भवन १ , भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा बगाएको , अन्य गाई बस्तु घर तथा सवारी साधनको बिबरण आऊन बाँकी रहेको । १३ शवमध्ये १२ को सनाखत नभएको ।