FLASH NEWS
  • Loading...

कोरोनाबाट तनहुँकी २० वर्षीया युवतीको मृत्यु 

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५७ पटक पढिएको
Post Thumbnail

कोरोना संक्रमित तनहुँकी २० वर्षीया युवतीको मृत्यु  भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले तनहुँ ब्यास-२ निवासी युवतीको मंगलबार त्रि. वि. शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको जनाएको छ ।

निर्देशनालयका अनुसार  मृगौलाको समस्या भई डायालाईसिस गराइरहेकी युवती मंगलबार अस्पतालमा भर्ना भएकोमा मंगलबार नै कोरोना पुष्टि भएको थियो । युवतीलाई अल्का अस्पताल, ललितपुरबाट  त्रि. वि. अस्पतालमा प्रेषण गरिएको थियो ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ७३  पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।