FLASH NEWS
  • Loading...

कतारले तोक्यो विदेशी श्रमिकको न्यूनतम तलब, रिलिज पेपर चाहिने प्राबधान पनि हट्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६५ पटक पढिएको
कतारले तोक्यो विदेशी श्रमिकको न्यूनतम तलब, रिलिज पेपर चाहिने प्राबधान पनि हट्यो

नेपालीको बैदेशिक रोजगारीका लागि प्रमुख गन्तब्य कतारले विदेशी अदक्ष कामदारका लागि न्युनतम तलब तोकेको छ।  प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले आइतबार २०२० को ‘कानुन नम्बर १७’ जारी गर्दै न्युनतम तलब एक हजार रियाल …. हजार नेपाली तोकेको हो।

राजपत्रमा प्रकाशित भएको ६ महिनापछि यो नियमलाई कडाइका साथ कार्यान्वयन गरिने प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री युसुफ मोहम्मद अल ओथमान फक्रोले मिडिया ब्रिफिङमा बताए। उनकाअनुसार न्युनतम तलबको यो व्यवस्था घरेलु श्रमिकको हकमा पनि लागू हुनेछ।

नयाँ नियमअनुसार अब रोजगारदाताले न्यूनतम तलब एक हजार रियाल, खाना ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ। तर, खाना र आवासको सुविधा दिने कम्पनीले एक हजार रियाल तलब दिए पुग्नेछ।

कतारले २०३० को लागि देखेको लक्ष्य प्राप्त गर्नको लागि यो कानुन कोशेढुङ्गा हुने र यसले श्रमिक, रोजगारदाता र  कतारलाई नै फाइदा पुर्‍याउने मन्त्री फक्रोको भनाई छ। यससंगै कतार खाडीमै श्रमिकको न्यूनतम तलब तोक्ने पहिलो राष्ट्र बनेको उनको दाबि छ।

नेपाल सरकारले २०१३ देखि अदक्ष श्रमिकका लागि न्यूनतम तलब ९ सय रियाल र खानाबापत तीन सय रियाल गरी १२ सय रियाल निर्धारण गरेको थियो। तर कतारले नेपाल सरकारले निर्धारण गरेको भन्दापनि थप उत्कृष्ट व्यवस्था गर्दै न्यूनतम तलब १००० रियाल हुने व्यवस्था गरेको छ।

काम परिवर्तनलाई रोजगारदाताको अनुमति नचाहिने 

त्यस्तै कतारले रोजगार परिवर्तन गर्नका लागि  रोजगारदाताको अनुमति ९रिलिज पेपर० चाहिने बाध्यकारी नियमलाई पनि हटाएको छ। रिलिज पेपर चाहिने अवस्थालाई हटाएर श्रम बजारलाई अझ प्रतिस्पर्धी बनाएको मन्त्री फक्रोले बताएका छन्। यो व्यवस्थाले नेपाल लगायतका बिभिन्न देशका श्रमिकले आफ्नो सीप र दक्षताअनुसार रोजगार पाउने बाटो खुलेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल