FLASH NEWS
  • Loading...

पर्वतारोहणका लागि बहराइनका राजकुमार नेपाल आउने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०९ पटक पढिएको
पर्वतारोहणका लागि बहराइनका राजकुमार नेपाल आउने

सरकारले बहराइनका राजकुमारलाई पर्वतारोहणका लागि चार्टर्ड विमानबाट नेपाल आउने अनुमति दिने भएको छ।

नेपाल सरकारको भदौ १४ गते बसेको मन्त्रिपरिषदको बैठकले बहराइनका राजकुमार सलमानसहित १५ जना र तीन जना बेलायती नागरिकलाई चार्टड विमानबाट नेपाल आउन अनुमति दिने निर्णय गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

यो हिमाल पर्वतारोहणको क्षेत्रमा कोरोना भाइरसको महामारीपछि भएको पहिलो निर्णय हो।

उनीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर नेपाल आउन र लोघुचे र मनास्लु हिमाल आरोहण गर्न पाउनेछन्।