FLASH NEWS
  • Loading...

कोरोना त्रासविच मंगलामा काँग्रेस–नेकपा पार्टी प्रवेश होडवाजी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४११ पटक पढिएको
कोरोना त्रासविच मंगलामा काँग्रेस–नेकपा पार्टी प्रवेश होडवाजी

काँग्रेसले हालै मंगला गाउँपालिकामा नेकपाका असन्तुष्ट एक कार्यकर्तालाई पार्टी प्रवेश गराएपछि रुष्ट नेकपाले शनिवार मंगला गापा केन्द्र बाबियाचौरमा एक कार्यक्रम गरी काँग्रेस र राप्रपाका २८ जना कार्यकर्तालाई स्वागत गरेको जनाएको छ ।
राजधानीमा मेनपावर ब्यवसाय गर्दै आएका साविक अर्मन गाउँ विकास समितिका उपाध्यक्ष बलभद्र ढकाललाई काँग्रेसले स्वागत गरेपछि आक्रोशित नेकपाले कोरना भाईरसको जोखिम मोलेरै वदलामा नेकपाले काँग्रेसका स्थानिय कार्यकर्ता गजानन्द सुवेदी,देववहादुर कार्की, पूर्णबहादुर जिसी, विष्य सुवेदी समेत २८ जना कार्यकर्तालाई रातो कार्पेट ओछ्याएको हो ।
‘हिजोको गाउँमा पाएको विरासत काठमाण्डौमा बसरेर आज उप्रान्त पाउन संभव छैन । म्याग्दी खोलामा धेरै पानी बग्यो, मान्छेहरु आज ब्यवहारिक जीवन खोज्छन, आदेशको होईन’ नेकपाका स्थानीय कार्यकर्ता धनबहादुर खातिले भने, ‘ढकालजीले राजधानीमा बसेर देखेको सपना गाउँमा पुरा हुने छैन । काँग्रेसबाट नेकपा प्रवेशको हुटहुटी एउटा तथ्य हो ।’
नवप्रवेसीलाई मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले स्वागत र नेकपा केन्दीय सदस्य एवं प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले पार्टीको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा प्रदेश सदस्य नवराज शर्मा, जिल्ला सचिव हरीकृष्ण श्रेष्ठ, देवेन्द्र केसी, बालकृष्ण सुवेदी समेत कार्यकर्ताको उपस्थिती रहेको थियो ।
‘मंगलामा काँग्रेस कार्यकर्ता नेकपा प्रवेश सुरुआत मात्र हो । अन्य गाउँमा पनि प्रवेशको तयारी छ । कोरोनाको कहरले गर्दा कार्यक्रम रोकेर राखेका हौं । कोरोना संक्रमण रोकथामका आधारभुत सुरक्षा उपाय अपनाएरै कार्यक्रम गर्नु पर्ने प्रेसर रह्यो’ नेकपा म्याग्दीका सचिव हरीकृष्ण श्रेष्ठले भने, ‘हामी एकको वदला सय कार्यकर्ता ल्याएर देखाउँछौं । तयारी अवस्थामा छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र