FLASH NEWS
  • Loading...

कोरोना महामारीः भदौ लागेपछि ५७ जनाको मृत्यु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४१६ पटक पढिएको
कोरोना महामारीः भदौ लागेपछि ५७ जनाको मृत्यु

कोरोना महामारीका कारण नेपालमा मृत्यु हुनेहरुको संख्या लगातार बढिरहेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको जानकारी दिए।

मंगलबार थपिएको संख्यासहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या १६४ पुगेको छ। भदौमा मात्र मृत्यु हुनेको संख्या ५७ पुगेको छ। भदौ १ गते सरकारले दिएको जानकारीअनुसार १०७ जनाको मृत्यु भएको थियो। त्यसपछिका दिनमा थप ५७ जनाको मृत्यु भएको हो।

कोरोनाका कारण नेपालमा पहिलो मृत्यु गएको जेठमा भएको थियो। त्यसपछि मृत्यु हुनेहरुको संख्या बढेपछि साउनपछि मृत्यु दर भने तिब्र भएको छ। साउन १ गतेसम्म मृत्यु हुनेको संख्या ३९ थियो भने साउन गते सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेपछि मृत्यु दर तिब्र बनेको छ। पछिल्ला दिनहरुमा प्रतिदिन ५ जनाभन्दा धेरैको मृत्यु भइरहेको छ।

नेपालमा मंगलबारसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३३ हजार ५३३ पुगेको छ। हालसम्म १९ हजार ११९ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ३१३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार २५० रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र