FLASH NEWS
  • Loading...

म्याग्दीमा दैनिक विधुत ‘ट्रिप’ भैरहँदा उपभोक्ता हैरान

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०३ पटक पढिएको
म्याग्दीमा दैनिक विधुत ‘ट्रिप’ भैरहँदा उपभोक्ता हैरान

|11 kva fider line and trip problem Myagdi

विधुतको ब्यवस्थित प्रसारण लाईन नहुँदा पटक–पटक विधुत ‘ट्रिप’ हुने समस्याबाट ब्यवसायी तथा उपभोक्ता हैरान छन ।
लकडाउनले चौपट भएको ब्यापार, ब्यवसायलाई दैनिक ३०–४० पटकसम्म विधुत ‘ट्रिप’ हुँदा विधुतमा आश्रित ब्यापार ब्यवसाय थप प्रभावित भएको छ । ब्यवसायी मात्र होईन सरकारी कार्यालयहरुमा पनि विधुत नहुँदा लकडाउनमा फाट्टफुट्ट आउने सेवाग्राही पनि समयमै सेवा पाउन सकेका छैनन ।
‘२४ घन्टामा ८ घन्टा पनि विजुली आउँदैन । विजुली जाने–आउने, कति समय जाने अत्तोपत्तो छै । झ्याप्प झ्याप्प विधुली जान्छ । हैरान भएपछि कुलमान घिसिङ सरलाईनै फोनगरी गुनासो पोखेको छु’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी भने, ‘सदरमुकमकै हालत यस्तो छ । दुर्गम वस्तीका उपभोक्ताले त विजुलीको वल्भ झुण्ड्याएको मात्र महसुल तिर्छन । विजुली कहिल्लै आउने होईन ।’
अति विधुत अनियमित हुँदा लकडाउनले धरासायी भएको ब्यवसायमा थप समस्या भएको भन्दै निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य संघले पनि पटक–पटक विधुत प्राधिकरणमा ध्यानाकर्षण गराएका छन । विधुत सेवाबाट आजित भएका ग्राहकहरुले अघिल्ला बर्ष त प्राधिकरण कार्यालयमा तालावन्दी गर्ने, तोडफोड गर्ने, खातापाता नै उठाउने समेतका आन्दोलन गर्दै आएका छन ।
‘विधुत सेवाबाट आजित भईयो । विजुली आयो भनेर गाउँका पानीघट्ट र डिजेल मिल विस्थापित गरियो । अहिले महिनौंसम्म विधुली नहुँदा घरको धान, मकै, कोदो कुटानी/पिसानी गर्न नपाएर पसलबाट चामल किनेर खानु परेको छ’ धौलागिरी गाउँपालिका, ७ ताकमका पुस्कर भण्डारीले भने, ‘साउन महिनाभरी बाढीपहिरोले तारपोल ढलेर विजुली आएन भन्थ्यो, अहिले दुई दिन झुलुक्क वत्ति बल्यो अनि फेरी हरायो । के भो थाहा छैन ।’
विधुत प्राधिकरण म्याग्दी वितरण केन्द्रले भने बर्षेनी एउटै रेडिमेट जवाफ दिने गरेको छ, मिलनचोक सवस्टेसनबाट संञ्चालित ११ केभि तीन वटा फिडरको लम्बाई ६० किलोमिटर लामो रहेकोले बर्खाको हावाहुरी र पहिरोले तार पोलमा रुख पर्ने, पोल ढल्ने हुँदा विधुतको नियमित सप्लाई दिन नसकिएको हो ।
पर्वतको मोदी सवस्टेसनदेखी म्याग्दीहुँदै मुस्ताङ्गसम्म ८२ किलोमिटर एउटै ११ केभिए फिडर लाईन हुँदा कहीं कतै फल्ट आउनासाथ विधुत ट्रिप हुने र मर्मत गर्न फेरी उत्ति नै पटक विधुत काट्नु पर्ने बाध्यता रहेको विधुत प्राधिकरणले जनाएको छ । यति लामो ११ केभिए फिडरलाईनले ५ सय बढी साना ठूला ट्रान्सफर्मरको लोड रहेको छ । छुट्टै ३३ केभिए क्षमताको मोदी–म्याग्दी–मुस्ताङ्ग समानन्तर ८२ किलोमिटर अर्को प्रशारण लाईनमा पनि पटक–पटक फल्ट आउँदा पनि फिडरमा विधुत ट्रिप हुने गरेको छ ।


लामो दुरी भएकोले पल्ट पत्ता लगाई छिटो विधुत नियमित गर्न दर्जनबढी ठाउँमा सेक्सन छुट्याईएको छ । फल्ट पत्ता लगाउन हरेक सेक्सनमा लाईन काट्दै हेर्दै गर्नु पर्ने भएकोले दैनिक १० पटकबढी विधुत ट्रिप हुने गरेको छ । भौगोलिक कठिनाई भएकोले फल्ट पत्ता लागेपनि मर्मत गर्न जान नै समय लाग्ने र लामो समय विधुत आपुर्ति अवरुद्ध हुने गरेको प्राधिकरणले दावि गरेको छ । म्याग्दी वितरण केन्द्र अन्र्तगतको ११ केभी फिडर टुक्राउने र दुरी घटाउनुको विकल्पै नभएको बताएको छ ।
‘सव स्टेशनबाट निक्लेको विजुली ग्राहकको घरमा पुर्‍याउने ११ केभिएको एउटै फिडर लाईन जिल्लाभरी र मुस्ताङ्गसम्म पुर्‍याईएको छ । एक ठाउँमा फल्ट हुँदा सवै तिर विधुत ट्रिप हुन्छ । फल्ट पत्ता लगाउन वस्ती पिच्छे विधुत लाईन काट्दै टेष्ट गर्दे दिनमा धेरै पटक विजुली आउने/जाने भएको हो’ नेपाल विधुत प्राधिकरण म्याग्दी केन्द्र प्रमुख माधव महतले भने, ‘छुट्टै जंगल र भीरहुँदै ल्याईएको ३३ केभिए प्रशारण लाईन पनि छ, यसमा पनि फल्ट आउँदा म्याग्दी क्षेत्रमा विधुत वितरण गरिएको मोदी सवस्टेसन र मिलनचोक सवस्टेसनमा ट्रिप हुन्छ ।’
अवको उपाय के हो ?
जिल्लामा पटक–पटक विधुत ट्रिप हुने समस्या समाधान गर्न म्याग्दी वितरण केन्द्रले विधुत प्राधिकरण गण्डकी प्रदेश कार्यालय पोखरालाई पठाएको ५ वुँदे सुधारको सुझाव भनिएको छ, मालिका गापामा निर्माणाधिन ३३/११ केभि सवस्टेसन निर्माण छिटोगरी नयाँ फिडर तयार गर्ने, निर्माणाधिन २२० केभिए कालीगण्डकी करिडोर प्रशासर लाईनको दानामा ३३/११ केभि ट्रान्सफर्मर थप गरी ११ केभी फिडर बनाई हालको फिडर टुक्राउने सुझाईएको छ ।
त्यसैगरी सोही प्रशारण लाईनको कस्मा सवस्टेसनमा पनि २२०/३३ केभि टान्सफर्मर थप गरी ३३ केभि नयाँ सवस्टेसन बनाई पर्वत, बाग्लुङ र म्याग्दीका छुट्टाछुट्टै फिडर बनाउने र ११ केभि ब्रेकर राखी बेनीलाई छुट्टै लाईन दिने तथा मिलनचोकको हाल चालु ११ केभि इनकमिङ/आउटगोईङ फिडरमा रहेको ब्रेकर र प्यानल जीर्ण रहेकोले फेर्न पनि सुझाईएको छ ।
विधुत प्राधिकरणले यस बर्ष अधिक बर्षा भएकोले धेरै स्थानमा पहिरो गएकोले पनि विधुत लाईनमा बढी क्षति पुगेको र मर्मत गर्दा लामो समय विधुत अवरुद्ध हुने गरेको दावी गरेको छ । यो बर्षाको समयमा मात्र पहिरोले बगाउँदा, माथीबाट रुख आएर तारमा बज्रिदा वरपरका धेरै पोल ढल्ने, पोलमा तार अड्याउने इन्सलेटर फुट्ने हुन्छ । कतिपय स्थानमा पहिरोले सवै जमिन बगेकोले रुट नै बदल्नु पर्ने हुँदा पनि काममा समस्या भएको छ ।


‘यो बर्ष अधिक समस्या आयो । बाढीपहिरोले पोल ढलाउने, रुखआएर तारपोल ढल्ने, पहिरोले जमिन वग्दा पोलहरु कोल्टे परेकोले तार गजल्टने समस्या बढी भयो । सडक मार्ग प्राय: पहिरोले अवरुद्धहुँदा ढलेका तारपोल फेर्न सामाग्री बोकेर पुर्‍याउँदा हैरानै भयो’ केन्द्र प्रमुख महतले भने, ‘उपभोक्ताले वत्ति नआउँदा हैरानी भोग्नु र आवेगमा आउनु स्वभाविक छ । हामीलाई पनि लाईन बनाउनै हैरान भएको छ । रातदिन झरिवादल नभनी बाढीपहिरोको जोखिममा कर्मचारीलाई खटाउँदा कर्मचारी नै आन्दोलनमा उत्रने हुन कि भन्ने डर भैसक्यो ।’
प्रशारण लाईनका पोलमा विधुत प्रवाह भएको तारलाई अड्याउन प्रयोग भएका इन्सुलेटर (माटोका सामाग्री) अधिकांश पोलमा जीर्ण भै चर्किएका अवस्थामा छन । पानी पर्दा यस्ता इन्सुलेटरबाट विधुत पोलमा लिकेज भै लाईन फल्ट हुने मात्र होईन, ठूलो मानवीय क्षतिको जोखिम पनि उत्तिकै छ । लामो समयदेखी घाम र पानीले जीर्ण भएका यस्ता इन्सुलेटरमा चट्याङ पर्दा बढी चर्कने र फुट्ने गर्छन ।