FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाको कोरना खर्च ८१ लाख ३३ हजार

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २८४ पटक पढिएको
बेनी नगरपालिकाको कोरना खर्च ८१ लाख ३३ हजार

कोरना प्रकोप नियन्त्रण तथा रोकथाम गर्न लकडाउन सुरु पछि असार मसान्तसम्म राहत, स्वास्थ्य सामाग्री तथा क्वारेन्टाईन ब्यवस्थापन समेतमा बेनी नगरपालिकाले ८१ लाख ३३ हजार १ सय २० रुपैयाँ खर्च सार्वजनिक गरेको छ ।
पहिलो पटक नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, ७ र ८ नम्बर वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, स्वास्थ्य संयोजक तथा अन्य कर्मचारीको सामुहिक उपस्थितीमा बेनी नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी कोरना खर्च सार्वजनिक गरेको हो ।
‘नवआगन्तुक प्रमुख जिल्ला अधिकारीले हालै आयोजना गरेको सर्वदलिय/पक्षिय भेलामा जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन समिति, स्वास्थ्य कार्यालय, अस्पताल र स्थानीय तहको कोरना खर्च पारदर्शी नभएको गुनासा उठेका थिए । त्यसैले बेनी नगरपालिकाको कोरना खर्च सार्वजनिक गरेका छौं । आवश्यक परे/मागेमा सवै विलभरपाई पनि सार्वजनिक गर्न तयार छौं’ पत्रकार सम्मेलनलाई संक्षिप्त सम्बोधन गर्दे मेयर हरीकुमार श्रेष्ठले भने, ‘पारदर्शीताको प्रष्न उठेपछि सवै निकायले यथासंभन छिटो खर्च सार्वजनिक गर्न आवश्यक हुन्छ । डिसिसिएमसीको बैठकले पनि खर्च माग्ने निर्णय गरेको छ ।’
सार्वजनिक गरिएको खर्च विवरण अनुसार नगरपालिकाले क्वारेन्टाईनमा बसेका २ सय १२ जना नगरवासीको खानामा १३ लाख ५८ हजार ७ सय ९८ रुपैयाँ, राहत वितरणमा २९ लाख ४४ हजार ६ सय १७ रुपैयाँ, स्वयमसेवक खर्चमा २ लाख ७१ हजार ६ सय, यातायात खर्च (क्वारेन्टाईन बस्नेलाई भारतिय सीमा र काठमाण्डौ विमानस्थलबाट गाडीमा ल्याउँदा) ३ लाख ५ हजार ३ सय ४९ रुपैयाँ, आईसोलेसन निर्माणमा १७ लाख ८३ हजार र औषध सामान खरिदमा १५ लाख ६५ हजार ९ सय ६३ रुपैयाँ खर्च भएको जनाएको छ । कोरना भाईरसको हालसम्म कुनै औषधी पत्ता नलागेपनि नगरपालिकाले के औषधी खदिर गरेको हो खुलाएको भने छैन । नगरपालिकाको विपत ब्यवस्थापन कोषमा १ करोड २७ लाख ३० हजार ३ सय ७३ रहेको मध्य कोरना खर्च कटाएर असार मसान्तसम्म ५५ लाख ९७ हजार २ सय ६१ खर्च हुन नसकेको उल्लेख छ ।
‘सार्वजनिक गरिएको खर्च असार मसान्त सम्मको हो । हामीले भुक्तानी गरेका अधिकांश वील जिल्ला विपद ब्यवस्थापन समितिले आवश्यक ठाउँमा खर्च गरी विल पठाए अनुसार नै संकटको अवस्था मानी भुक्तानी गरेका छौं’ प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘पिपिई, मास्क, स्यानीटाईजर, क्लोरिन समेतका स्वास्थ्य सामाग्री खरिद गरी मातहतका निकायमा उपलब्ध गराईएको हो । राहत लकडाउनले अप्ठ्यारोमा परेका मजदुर तथा विपन्न परिवारलाई वडा कार्यालय मार्फत वितरण गरिएको हो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल