FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडक ४३ दिनपछि खुल्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६१ पटक पढिएको
बेनी–जोमसोम सडक ४३ दिनपछि खुल्यो

फोटो सौजन्य : इन्द्रसिं शेरचन

अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरमा पहिरोले वेससहित बगाएको खण्डमा विष्फोटन गरी ट्रयाक खोलेपछि बेनी–जोमसोम सडकमा ४३ दिनपछि खुलेको छ ।
म्याग्दी र मुस्ताङ सीमावर्ती काप्रेभीरमा वेससहित सडक पहिरोले बगापछि उक्त स्थानमा विष्फोटन गरी नयाँ ट्रयाक खोलेसँगै सोमबार दिउँसो १ बजेदेखी बेनी–जोमसोम सोझो यातायात संञ्चालन संभव भएको हो ।
असार २७ गते सदरमुकाम बेनीदेखी तीन किमी उत्तर राहुघाट खोलामा आएको बाढीले गलेश्वरको बेलिव्रिज बगाएपछि बेनी–लेते ४५ किमी सडक खण्डमा यातायात अवरुद्ध थियो । त्यसैगरी सोही राती आएको बाढीपहिरोले सो खण्डमा दर्जनबढी स्थानमा सडक कटान गरेपछि यातायात पुरै अवरुद्ध थियो ।
‘बेनी–जोमसोम सडकको काप्रे भीर खण्डमा विष्फोटन गराई ४ मिटर चौडा र १५ मिटर लामो सिङ्गल लेनको ट्रयाक खुलेपछि बेनी–जोमसोम सोझो यातायात खुलेको छ’ बेनी–जोमसोम सडक आयोजनाका इन्जिनियर आषिश मानन्धरले भने, ‘अझै रुप्से झरना र काप्रेभीरको ट्रयाक स्टेवल छैन । सिङ्गल लेन खुलेपनि टनिङमा ठूला ट्रकहरुलाई अलि गाहे हुन्छ । फोरह्वीर गाडी मात्र चढ्न सक्ने अवस्था मात्र हो ।’
असार २७ गतेको भिषण बर्षापछि आएको बाढीले ढलाएको गलेश्वर स्थित बेलिब्रिज साउन २८ गते एक महिनाको प्रयासमा मर्मतगरी संञ्चालनमा आएपछि डोजरले सडक मर्मत गर्दै तलबाट माथी पुगेको हो । त्यसैगरी मुस्ताङ तिरबाट पनि सडकका डोजरले लेतेबाट तल काप्रेभीरसम्म सडक मर्मतगर्न एक महिनाबढी लागेको थियो ।
‘सडक अवरुद्धहुँदा मुस्ताङमा खाद्यान्न, खाना पकाउने एलपी ग्याँससहित सवै ढुवानी अवरुद्ध हुँदा जनजीवन कष्टकर भएको थियो । मुस्ताङ्गीकै जोडवलले सडक यति चाँडो खुलेको हो’ सडकका सुपरभाईजर इन्द्रसिं शेरचनले भने, ‘प्राविधिक, कामदार र आयोजनाका कर्मचारीे झरीवादल र बाढीपहिरो झेल्दै बढो कष्टसाथ काम गरियो । काप्रेभीरमा झण्डै सवैको ज्यान गएथ्यो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल