FLASH NEWS
  • Loading...

कुवेतमा मासिक दुई हजार नेपालीले रोजगार गुमाउँदै, नेपाल फर्कन चाहने ६ हजार पुगे

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३४१ पटक पढिएको
कुवेतमा मासिक दुई हजार नेपालीले रोजगार गुमाउँदै, नेपाल फर्कन चाहने ६ हजार पुगे

कोरोना महामारीका कारण खाडी राष्ट्र कुवेतमा रोजगार गुमाउने नेपालीको संख्या बढ्दै गएको छ। रोजगार गुमाउने बढेसँगै कुवेतबाट नेपाल फर्कन चाहने नेपालीको संख्या पनि थपिँदै गएको छ। “कोरोनाका कारण व्यापार तथा व्यवसाय सीमित रूपमा सञ्चालन हुँदा अहिले मासिक दुई हजार जति नेपालीले यहाँ रोजगार गुमाइरहेका छन्,” गैरआवासिय नेपाली संघ (एनआरएनए)कुवेतका अध्यक्ष सुजन केसीले  भने।

कुवेतमा ७० हजार नेपाली कामदार रहेको अनुमान छ। यीमध्ये ९ हजार कोरोना महामारी शुरू भएयताको ७ महीनामा नेपाल फर्किसकेका छन्। यसरी फर्किनेमा ठूलो संख्या अवैध रूपमा लामो समयदेखि कुवेतमा रहँदै आएका नेपालीहरू छन्। तर, अहिले भने वैध रूपमा रहेका नेपालीहरूले कुवेतमा धमाधम रोजगार गुमाइरहेका छन्।

“कुवेतमा अहिले समस्या छ। विपत्तिमा परेका धेरै नेपाल फर्कन चाहिरहेका छन्,” केसीले भने। कुवेतमा अहिले लकडाउन खुला गरिएको भए पनि व्यापार तथा व्यवसाय पूर्ण रूपमा खुल्न सकेका छैन। कोरोना महामारीले गर्दा व्यापार तथा व्यवसाय सीमित रूपमा सञ्चालन गरिएको छ।

“लकडाउन खुलेसँगै कम्पनीहरूले काम त शुरू गरे तर कामदार घटाएका छन्। खासगरी होटल, रोष्टुरेन्ट, क्लब, सपिङ मलहरूले ५० प्रतिशतसम्म कामदार कटौती गरेका छन्, जहाँ बढी नेपालीहरू काम गर्छन्। यति मात्र होइन कम्पनिहरूले कामदार कटौती पनि शुरू गरेका छन्। यसले गर्दा नेपाली कामदार बेरोजगार हुने क्रम बढ्दो छ,”  एनआरएनए कुवेतका अध्यक्ष केसीले जानकारी दिए।

केसीका अनुसार अहिले ६ हजार नेपाली स्वदेश फर्कने तयारी गरिरहेका छन्। यो संख्या प्रत्येक महीना बढ्दै जाने उनले बताए। मासिक दुई हजारसम्मले यो संख्या बढ्ने अनुमान उनको छ। “कोरोना महामारी शुरू भएयता कुवेतबाट ९ हजार नेपाली फर्किसके। अब ६ हजार स्वदेश फर्कने तयारीमा छन्। यो जोड्दा १५ हजार पुग्छ,” उनले भने।

एकतातिर कुवेतमा कम्पनीहरूले कामदार कटौती गरिरहेका छन् भने अर्कोतिर केही कम्पनीहरूले महिनौंसम्म तलव नदिई कामदारलाई राख्न थालेका छन्। पछिल्लो ६ महीनादेखि तलब नपाएका ३३ जना नेपाली अहिले कुवेतमा अलपत्र छन्। उनीहरूसँग खानेकुरा किन्न पैसा समेत नभएर अहिले मागेर पेट पालिरहेका छन्। अलपत्र परेका मध्ये केही बिरामी पनि छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र