- Loading...
काप्रेभिरमा पहिरो, बेनी–जोमसोम सडक मर्मत रोकियो
- पुनहिल डट कम
- ४ साल अघि
- १२५ पटक पढिएको

फोटो तथा भिडियो सौजन्य : इन्द्रसिं शेरचन
पहिरोले क्षति पुर्याएपछि मर्मत थालिएको बेनी–जोमसोम सडक अन्र्तगत दाना–घाँसा खण्डको काप्रे भिरमा पहरामा विष्फोटनगरी ट्रयाक खोल्न सुरु गरिएकोमा शुक्रवार विहान १० बजेतिर ठूलो पहिरो झरेपछि काम प्रभावित भएको छ ।
असार तेस्रो साता आएको पहिरोले म्याग्दी र मुस्ताङ सीमावर्ती काप्रेभीरमा करिव १५ मिटर पहरामा विष्फोटन गरी नयाँ ट्रयाक खोल्न बुधवारदेखी होल खोल्ने काम भैरहेको थियो । पहरामा झुण्डिएर होल खोल्न ड्रिल गरिरहेको अवस्थामा शुक्रवार अकस्मात पहिरो झरेपछि मजदुरहरु भागेर ज्यान बचाएका थिए ।
‘माथीबाट ढुङ्गा खस्नथालेपछि हामीले काम छोडेर भाग्यौं । केही वेरमै ठूलो पहिरो झऱ्यो’ काममा रहेका सुपरभाईजर इन्द्रसिं शेरचनले भने, ‘ड्रिल मेशिन, पाईप र गलहरु पुरिए । शुक्रवारसम्म होल पुरागरी शनिवारदेखी विष्फोटनको तयारी थियो ।’
कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार काप्रे र बाँदरजुँग भीरमा ४ मिटर चौडा सिङ्गल लेनको ट्रयाक मात्र खोल्न लागिएको हो ।
११ मिटर चौडा सडक स्तरमा स्तरबृद्धी भैरहेको बेनी–जोमसोम–कोरला सडकको सवैभन्दा जटिल भाग मानिएको काप्रेभीर/बाँदरजुँग भीरको करिव ४० मिटर सडक खण्डमा मापदण्ड अनुसारको सडक नवन्ने भएकोले विष्फोटन गरी ७ मिटर लेन बनाउने योजना थियो । यहाँ सडकको स्तरबृद्धी हुन नपाउँदै पहिरोले सडक बगाएको हो । श्रोत : इकान्तिपुर डट कम

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
