FLASH NEWS
  • Loading...

काप्रेभिरमा पहिरो, बेनी–जोमसोम सडक मर्मत रोकियो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४१ पटक पढिएको
काप्रेभिरमा पहिरो, बेनी–जोमसोम सडक मर्मत रोकियो

फोटो तथा भिडियो सौजन्य : इन्द्रसिं शेरचन

पहिरोले क्षति पुर्‍याएपछि मर्मत थालिएको बेनी–जोमसोम सडक अन्र्तगत दाना–घाँसा खण्डको काप्रे भिरमा पहरामा विष्फोटनगरी ट्रयाक खोल्न सुरु गरिएकोमा शुक्रवार विहान १० बजेतिर ठूलो पहिरो झरेपछि काम प्रभावित भएको छ ।

असार तेस्रो साता आएको पहिरोले म्याग्दी र मुस्ताङ सीमावर्ती काप्रेभीरमा करिव १५ मिटर पहरामा विष्फोटन गरी नयाँ ट्रयाक खोल्न बुधवारदेखी होल खोल्ने काम भैरहेको थियो । पहरामा झुण्डिएर होल खोल्न ड्रिल गरिरहेको अवस्थामा शुक्रवार अकस्मात पहिरो झरेपछि मजदुरहरु भागेर ज्यान बचाएका थिए ।
‘माथीबाट ढुङ्गा खस्नथालेपछि हामीले काम छोडेर भाग्यौं । केही वेरमै ठूलो पहिरो झऱ्यो’ काममा रहेका सुपरभाईजर इन्द्रसिं शेरचनले भने, ‘ड्रिल मेशिन, पाईप र गलहरु पुरिए । शुक्रवारसम्म होल पुरागरी शनिवारदेखी विष्फोटनको तयारी थियो ।’
कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार काप्रे र बाँदरजुँग भीरमा ४ मिटर चौडा सिङ्गल लेनको ट्रयाक मात्र खोल्न लागिएको हो ।
११ मिटर चौडा सडक स्तरमा स्तरबृद्धी भैरहेको बेनी–जोमसोम–कोरला सडकको सवैभन्दा जटिल भाग मानिएको काप्रेभीर/बाँदरजुँग भीरको करिव ४० मिटर सडक खण्डमा मापदण्ड अनुसारको सडक नवन्ने भएकोले विष्फोटन गरी ७ मिटर लेन बनाउने योजना थियो । यहाँ सडकको स्तरबृद्धी हुन नपाउँदै पहिरोले सडक बगाएको हो । श्रोत : इकान्तिपुर डट कम

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र